एनआरएन मोजाम्विक अफ्रिकाद्वारा अक्सीजन सिलिण्डर प्रदान
रजहर । नवलपुरको रजहरमा रहेको प्राकृतिक सामुदायिक अस्पतालमा कोभिड विरामीलाई उपचार सहयोगार्थ गैर आवासीय नेपाल संघ मोजाम्बिक अफ्रिकाले दश थान अक्सिजन सहित सिलिण्डर प्रदान गरेको छ । गैर आवासीय संघ मोजाम्विककी अध्यक्ष देवी पौडेलको पहलमा त्यहां कार्यरत नेपालीले संकलन गरेको २ लाख ५ लागतमा उक्त सामाग्री अस्पताल व्यवश्थापन टिमलाई हस्तान्तरण गरेको हो ।
अक्सिजनको अभावले धेरै नेपालीको अकाल्मै मृत्यु भएको खवरले पिरोलिएपछि केही भएपनि टेवा पुगोस भन्ने हेतुले सहयोग गरेको अध्यक्ष पौडेलले ज...


