×

सुस्मा न्यौपाने
गैँडाकोट । नवलपरासी (पूर्व)मा थप १२१ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १२१ जना नयाँ संक्रमित थपिएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार सबैभन्दा बढि कावासोतीमा ४४ जना नयाँ संक्रमित थप भएका छन्, त्यसैगरी विनयी त्रिवेणीका २१, मध्यविन्दुका २०, गैँडाकोटका १८, देवचुलीका १२, हुप्सेकोटका ४, बुलिङटारका १ र बौदिकालीका १ जना गरि १२१ जनामा संक्रमण पुष्टि भएको छ ।
नवलपुरमा १२१ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा १२१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार पछिल्लो २४ घण्टामा गैँडाकोटका १८ जना, देवचुलीका १२ जना, कावासोतीका ४४ जना, मध्यविन्दुका २० जना, विनयी त्रिवेणीका २१ जना, हुप्सेकोटका ४ जना, बुलिङटारका १ जना, बौदिकालीका १ जना गरि १२१ जनामा कोरोना देखिएको छ । जिल्लामा सबैभन्दा बढि गैँडाकोटमा झण्डै ४०० जना संक्रिय संक्रमित छन् ।

तपाईको प्रतिक्रिया