
कावासोती । नवलपुरमा गत वैशाख २१ गते देखि लागू भएको निषेधाज्ञालाई निरन्तरता दिईएको छ ।सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई जेठ १४ गते रातको १२ बजे सम्म निरन्तरता दिईने निर्णय गरेको हो ।
जिल्लामा कोरोनाको दोस्रो लहरको प्रकोप बढे पछि यस अघि वैशाख २१ देखि जेठ ४ सम्म निषेधाज्ञा लगाउने निर्णय गरिएको थियो ।