नवलपुर । ब्याडमिन्टन संघ नवलपरासी(पूर्व)का अध्यक्ष महेन्द्र श्रेष्ठको आज मृत्यु भएको छ । कोरोना संक्रमणका कारण चितवनको भरतपुरमा उपचाररत उनको साँझ मृत्यु भएको हो ।
ब्याडमिन्टन संघका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठको चितवन मेडिकल कलेजको भेन्टिलेटरमा उपचारको क्रममा ज्यान गएको महेन्द्रका दाजु जिवन श्रेष्ठलाई उद्धत गर्दै ब्याडमिन्टन संघ नवलपुरका सचिव नारायण शर्माले बताए ।
मृतक श्रेष्ठ नवलपुर श्रेत्रका सफल निर्माण व्यवसायीको रुपमा परिचित थिए । उनको निधनले नवलपुरले एक ईमान्दार व्यवसायी गुमाएको छ ।