
रजहर । नवलपुरको रजहरमा रहेको प्राकृतिक सामुदायिक अस्पतालमा कोभिड विरामीलाई उपचार सहयोगार्थ गैर आवासीय नेपाल संघ मोजाम्बिक अफ्रिकाले दश थान अक्सिजन सहित सिलिण्डर प्रदान गरेको छ । गैर आवासीय संघ मोजाम्विककी अध्यक्ष देवी पौडेलको पहलमा त्यहां कार्यरत नेपालीले संकलन गरेको २ लाख ५ लागतमा उक्त सामाग्री अस्पताल व्यवश्थापन टिमलाई हस्तान्तरण गरेको हो ।
अक्सिजनको अभावले धेरै नेपालीको अकाल्मै मृत्यु भएको खवरले पिरोलिएपछि केही भएपनि टेवा पुगोस भन्ने हेतुले सहयोग गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । साउथ अफ्रिकाको मोजाम्विकमा नेपालीहरु न्यून करिव २५ जना मात्रै रहेका छन । रजहर फारममा माईती घर रहेका पौडेल मोजाम्विकको एक वहुराष्ट्रिय कम्पनीको पुर्व मार्केटिङ्ग प्रमुख र उनका श्रीमान अर्का वहुराष्ट्रिय कम्पनीका कन्ट्रि डिरेक्टर हुन् ।
एन आर एन अफ्रिकाले मातृभूमिमा अक्सिजन सहयोग अभियान थालनी गरि कैलाली, नेपालगंज, पाल्पा, गुल्मी, स्याङ्जा, चितवन, बारा, पर्शा, नवलपरासी पश्चिम र नवलपुर गरि १० जिल्लालाई ४ सय ५० थान अक्सिजन ग्यांस सिलिण्डर प्रदान गरेको छ ।
यस अभियान एन आर एन दक्षिण अफ्रिकाका संयोजक रोशन थापाको अगुवाईमा अध्यक्ष पौडेल सहित नाइजेरियाका हिकमत थापा, कङ्गोका अध्यक्ष अमृत क्षेत्री, एन सिसिका वन्दना प्रजापती, वासुदेव घिमिरे, राजकुमार पाल्पाली वस्याल, प्रभा वस्याल लगायत कृयाशिल रहेका छन् ।
यसैविच अक्सिजन सिलिण्डर ग्रहण पश्चात सामुदायिक प्राकृतिक चिकित्सालयका अध्यक्ष सन्त बहादुर क्षेत्रीले आफ्नै रोजगारीको अनिश्चित भएको विश्वकै जटिल परिस्थितिमा पनि आफ्नो मातृभूमिलाई सम्झेर सहयोग गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।