नवलपुर । नवलपुरमा थप एकजना पुरुषको कोरोनाका संक्रमणका कारण मृत्यु भएको छ ।कावासोती नगरपालिका वडा नं. २ का ६८ वर्षका पुरुषको उपचारको क्रममा आज विहान मध्यविन्दु जिल्ला अस्पतालमा मृत्युु भएको हो ।
बैशाख ३१ गते भर्ना भएका उनमा जेष्ठ २ गते कोभिड पोजेटिभ देखिएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर शिवराज न्यौपानेले जानकारी दिए ।