गैँडाकोट । कोरोना संक्रमणका कारण नवलपपुरको गैँडाकोटमा आज मात्रै थप २ जनाको मृत्यु भएको छ ।
गैँडाकोट नगरपालिका वडा नं. २ का ७३ वर्षका पुरुषको उपचारको क्रममा क्यान्सर अस्पताल भरतपुरमा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार बैशाख ३१ ग्ते चितवन मेकिडल कलेजमा कारोना पुष्टि भएको थियो ।
त्यसैगरी गैँडाकोट नगरपालिका वडा नं. १२ कि ५२ वर्षकि महिलाको आज विहान मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत उनमा बैशाख २४ गते कोरोना पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया