Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकोट।गैँडाकोट नगरपालिका वडा नं. ५ ले कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट जोगिन वडावासीहरु सँग आग्रह गरेको छ ।नगरका विभिन्न वडाहरु जस्तै वडा नं. ५ मा समेत जोखिम कायमै रहेको भन्दै वडाले सवैलाई स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो ।वडाअध्यक्ष नवराज कंडेलले विश्वलाई नै आक्रान्त बनाईरहेको यो महामारीबाट जोगिन सवैलाई आग्रह गर्नुभएको छ ।

गएरातिदेखि एकसाताका लागि नगरपालिकाले जारी गरेको निषधाज्ञालाई पूर्णरुपमा पालना गर्न आग्रह गर्दै उहाँले केहि समस्या भएमा सिधै नगरपालिका वा आफुलाई सम्पर्क गर्न समेत अनुरोध गर्नुभयो ।

वडाअध्यक्ष कंडेलले पछिल्लो केहिसमय पीसीआर परिक्षण नभएको बताउँदै वडावासीको हितलाई ध्यानमा राख्दै बुधबार पीसीआर परिक्षण गरिने बताउनु भयो ।

तपाईको प्रतिक्रिया