×

नवलपुर । मध्यविन्दु जिल्ला अस्पतालको अक्सिजन प्लान्टको क्षमता अभिबृद्धिमा सहयोग पुराउने उदेश्यले संकलित रकम आज हस्तान्तरण गरिएको छ ।कावासोती नगरपालिका वडा नं. १६ मा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा जडित अक्सिजन प्लान्टको क्षमतावृद्धिका लागि कावासोती वडा नं. ३ का अध्यक्ष अमृत कुमार श्रेष्ठको पहलमा संकलन भएको रकम आज हस्तान्तरण गरिएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन  डा‍. बिर बहादुर थापालाई वडा अध्यक्ष श्रेष्ठले २ लाख ४४ हजार ६६६ रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । अस्पतालमा विरामीको संख्या बढ्दै गएपछि अक्सिजनको अभावमा समस्या भोग्न नपरोस भनेर सहयोग रकम हस्तान्तरण गरिएको श्रेष्ठले बताउनु भयो । समाजसेवी  श्रेष्ठले यसअघि अस्पतालमा अक्सिजन सिलिन्डर रिफिल गरिदिनुभएकाे थिए ।

रकम सहयोग गर्नेहरुको नामावली निम्नानुसार छ ।

अमृत कुमार श्रेष्ठ  २७,५५५।
सत्कार पौडेल २६,१११ ।-
कोषराज कार्की २५,०००।-
रिसिराम कंडेल २५,०००।-
विन्दु केसी  २५,०००।-
गौमाया खन्डलुक २५,०००।-
नवराज भण्डारी २५,०००।-
रिवर श्रेष्ठ २५ ,०००।-
रामकुमार श्रेष्ठ १५, ००० ।-
नवजिवन पुर्नस्थापना केन्द्र चोरमारा १०,०००।-
भानु युथ एकेडमी ५,०००।-
कृष्ण बहादुर थापा १५, ००।-
विमल परियार १५,००।-
सुक बहादुर गुरुङ १,०००।-
रमेश अधिकारी १,०००।-
नविन गुरुङ १,०००।-

 

तपाईको प्रतिक्रिया