गैँडाकोट । पूर्वि नवलपरासीमा कोरोना भाईरस (कोभिड १९) का कारण थप एक महिलाको आज मृत्यु भएको छ ।
कावासोती नगरपालिका वडा नं. २ निवासी ५७ बर्षीया महिलाको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको अस्पताल स्रोतले उज्यालाे खबरलाई जनाएको छ । जेष्ठ ६ गतेदेखि अस्पतालको आईसीयूमा उपचारत उनमा जेष्ठ ५ गते कोरोना पोजेटिभ देखिएको थियो ।