Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । नवलपुरमा आज  एकैदिन १ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२९ जना नयाँ कोरोना संक्रमित थपिदा ६७ जना निको भएका छन् ।

आज जिल्लामा नयाँ संक्रमित थपिनेमा गैंडाकोट नगरपालिका १९ जना, देवचुली नगरपालिकामा १५ जना, कावासोती नगरपालिकामा ४५ जना , मध्यविन्दु नगरपालिकामा २४ जना, विनयी त्रिबेणी गाउँपालिकामा १५ जना, हुप्सेकोट गाउँपालिकामा ३ जना, बौदिकाली गाउँपालिकामा ५ जना, र अन्य ३ जना गरि १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै आजै गैंडाकोट नगरपालिकामा ८ जना, देवचुली नगरपालिकामा ११ जना, कावासोती नगरपालिकामा २८ जना, मध्यबिन्दु नगरपालिकामा ५ जना, विनयी त्रिवेणी गाउँपालिकामा १२ जना र अन्य ३ जना गरी ६७ जना कोरोना मुक्त भएका छन् । नवलपरासी पुर्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । जिल्लामा दोस्रो चरणको कोरोना पछिको सक्रिए संक्रमितको संख्या १ हजार ६० पुगेको छ ।

तपाईको प्रतिक्रिया