Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गोविन्द घिमिरे 
नवलपुर ।  पुर्वि नवलपरासीको मध्यविन्दुबाट एक पुरुष बेपत्ता भएका छन् ।  मध्यविन्दु नगरपालिका वडा नं। ४ चौराहा (कोल्हुवा) घर भएका ५१ बर्षका मनीराम पन्थी शनिवार राति पौने ९ वजेदेखि घरबाटै हराएका हुन ।साँझ खाना खाएर घर बाहिर निस्केका उनि हालसम्म पनि परिवारको सम्पर्कमा नआएको श्रीमती सिता पन्थीले उज्यालो खबरलाई जानकारी दिईन् ।
३ दिनदेखी पन्थी सम्पर्कमा नआएपछि परिवारमा चिन्ता छाएको छ । श्रीमानको खोजी गरिदिन भन्दै श्रीमती सिताले प्रहरीमा जानकारी समेत गराएकी छिन् ।  परिवारका अनुसार मनीराम पन्थी जान  सक्ने सम्भावित सवै आफन्तहरुकोमा सम्पर्क गर्दा ती स्थानमा उनि गएको पाईएको छैन । पन्थीलाई कहिकतै देख्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यालय वा मोवाईल नम्बर ९८४७२८९३६९ मा सम्पर्क गरि सहयोग गर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया