×

नवलपुर विशेष

गैँडाकाेटमा बुधवार १११ जनामा काेराेना पुष्टि

गैँडाकाेटमा बुधवार १११ जनामा काेराेना पुष्टि
गैँडाकोट । नवलपुरमा पछिल्लो २४ घण्टामा थप १३८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार बुधवार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलवार थपिएका संक्रमित मध्ये गैंडाकोटमा १११  , देवचुलीमा ९, कावासोतीमा ११ , मध्यविन्दुमा ३ , विनयीत्रिवेणीमा ३ र हुप्सेकोटमा १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।बुधवार थपिएका १३८ जना संक्रमित सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३५८ पुगेको...

गैँडाकोटका सबै वडाहरुमा भाद्र १० गते भेरोसेल खाेपको दोस्रो डोज लगाईने

गैँडाकोटका सबै वडाहरुमा भाद्र १० गते भेरोसेल खाेपको दोस्रो डोज लगाईने
फाईल फोटो नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिकामा साउन ८ गतेदेखि १८ गतेसम्म भेरोसेल खोप लगाएकाहरुका लागि दोस्रो खोपको मात्रा यहि भाद्र १० गते लगाईने भएको छ । गैँडाकोट नगरपालिकाले मंगलबार एक सूचना प्रकाशन गर्दै नगरका १ देखि १८ वडाका सबै नगरवासीहरुलाई भाद्र १० गते खोप लगाउन भनेको हो । स्थानीय आधारभूत स्वास्थ्यकेन्द्र मार्फत खोप लगाउन सकिने नगरपालिकाले जनाएको छ । गैँडाकोट नगरपालिका वडा नं. ५, १०,११, १५ र १६ का वडावासीले भने भदौ १० र ११ गते दुवैदिन खोप लगाउन सक्ने जनाइएको छ ।...

गैँडाकोटमा ४८ सहित नवलपुरमा मंगलबार थप ८६ जनामा कोरोना संक्रमण

गैँडाकोटमा ४८ सहित नवलपुरमा मंगलबार थप ८६ जनामा कोरोना संक्रमण
गैँडाकोट । नवलपुरमा पछिल्लो २४ घण्टामा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार मंगलबार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलवार थपिएका संक्रमित मध्ये गैंडाकोटमा ४८ , देवचुलीमा २२, कावासोतीमा ६ , मध्यविन्दुमा ३ , विनयीत्रिवेणीमा ४ र हुप्सेकोटमा ३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।मंगलबार थपिएका ८६ जना संक्रमित सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३६२ पुगेको जिल...

नारायणी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता

नारायणी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता
गैँडाकोट । नारायणी नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । विहान ६ :५० वजे अन्दाजी ४५ वर्षका पुरुष पुलबाट नदीको विच भागमा हाम फालेका हुन् । वडा प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक बाबुकृष्ण पुडासैनीले बेपत्ता भएका पुरुषको खोजीकार्य भैरेहको उज्यालो खबरलाई जानकारी दिनुभयो । नदीमा हाम फालेका पुरुषले पुलमा झोला समेत छाडेका छन् । झोलामा बसको टिकट र दाङको तु...

चितवन निकुञ्जमा मृत गैँडा फेला

चितवन निकुञ्जमा मृत गैँडा फेला
नवलपुर । चितवन राष्ट्रिय निकुुञ्जमा आज एक भाले गैँडा मृत अवस्थामा फेला परेको छ । निकुन्जको पश्चिमी सेक्टर मातहत कोर इलाकामा पर्ने कोलकत्ता टापुको कधी सोहारा भन्ने क्षेत्रमा करिब १० वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको चितवन चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जमा सूचना अधिकारी लोकेन्द्र अधिकारीले सो गैँडा दलदल परेर भासिन पुगी मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको बताउनु भयो । मृत अवस्थामा फेला परेको गैँडाको खाग र खुर सुरक्षित रहेको पनि उहाँले बताउनु भयो ।

नवलपुरको किसान बचतद्धारा ठुलो संख्यामा कर्मचारी माग

नवलपुरको किसान बचतद्धारा ठुलो संख्यामा कर्मचारी माग
नवलपुर । पूर्वि नवलपरासीको गैँडाकोटमा केन्द्रीय कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रीय कार्यालय गैँडाकोट सहित जिल्ला र जिल्ला बाहिरका विभिन्न सेवाकेन्द्र हरुका लागि कर्मचारी आह्वान गरिएको हो । नेपालको सर्वोत्कृष्ट तथा अन्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्ड प्राप्त गरि एशियाली मापदण्डमा पुग्न सफल भएको किसान बचतले खुला प्रतिपष्र्धाको माध्यमबाट पदपुर्ति गर्न लागिएको जनाएको छ । एक साताको समयावधि तोकेर किसानले शैक्षिक योग्यत...

चितवन निकुञ्जमा गैंडा मारी खाग बेच्ने गिरोह पक्राउ

चितवन निकुञ्जमा गैंडा मारी खाग बेच्ने गिरोह पक्राउ
चितवन – चितवन राष्ट्रिय निकुञ्जमा गैंडा तस्करीमा संलग्न गिरोह पक्राउ परेको छ ।पक्राउ पर्नेहरुमा मकवानपुरको वागमती गाउँपालिका ३ पाँचपाण्डवका ३५ वर्षीय नविन पौडेल भन्ने मेख बहादुर नेपाली, जाजरकोटको शिवालय गाउँपालिका २ डुङ्ग्राका २७ वर्षीय विरबहादुर बस्नेत र चितवनको खैरहनी नगरपालिका ६ रिजालटोलका २५ वर्षीय आरोष उप्रेती रहेका छन् । उनीहरु २०७६ साल भदौ महिनामा निकुञ्जको नवलपरासीस्थित मर्दीघोल भन्ने ठाउँमा एउटा वयष्क गैंडा चोरी शिकारीमा संलग्न भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत...

कावासोतीको स्याउली बजारबाट सात जुवाडे पक्राउ

कावासोतीको स्याउली बजारबाट सात जुवाडे पक्राउ
नवलपुर । पूर्वि नवलपरासीमा जुवा खेल्दै गरेको अवस्थामा सात जना पक्राउ परेका छन् । कावासोती नगरपालिका वडा नं. ८ स्याउली बजारमा जुवा खेल्दै गरेका ७ जना आज साँझ ५ वजे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । पक्राउ परेका हरुको साथबाट नगद २४ हजार ७ सय ८० रुपैँया बरामद गरिएको प्रहरी निरिक्षक मधुसुदन सिहंले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा कावासोती नगरपालिका वडा नं. ८ का नेत्र बहादुर खड्का, कमल सुवेदी, अर्जुन घिसिङ, भूमिश्वर भट्टराई, दिल बहादुर रानाभा...

मध्यविन्दुमा एक महिला सहित आठ जुवाडे पक्राउ

मध्यविन्दुमा एक महिला सहित आठ जुवाडे पक्राउ
नवलपुर । पूर्वि नवलपरासीमा जुवा खेल्दै गरेको अवस्थामा एक महिला सहित ८ जना पक्राउ परेका छन् । मध्यविन्दु नगरपालिका वडा नं. ६ टाँडीमा जुवा खेलिरहेका उनिहरु आज दिउसो ३ः१५ वजे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । पक्राउ परेका हरुको साथबाट नगद ३६ हजार ६ सय ८० रुपैँया बरामद गरिएको प्रहरी निरिक्षक मधुसुदन सिहंले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा मध्यविन्दु नगरपालिका वडा नं. ६ का ६० वर्षका सत्रुघन थापा, ५१ बर्षका गंगाराम थारु, ५६ बर्षीया मिना कुमारी...