गैँडाकोट । नवलपुरमा पछिल्लो २४ घण्टामा थप १३८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार बुधवार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलवार थपिएका संक्रमित मध्ये गैंडाकोटमा १११  , देवचुलीमा ९, कावासोतीमा ११ , मध्यविन्दुमा ३ , विनयीत्रिवेणीमा ३ र हुप्सेकोटमा १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।बुधवार थपिएका १३८ जना संक्रमित सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३५८ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया