नवलपुर । चितवन राष्ट्रिय निकुुञ्जमा आज एक भाले गैँडा मृत अवस्थामा फेला परेको छ । निकुन्जको पश्चिमी सेक्टर मातहत कोर इलाकामा पर्ने कोलकत्ता टापुको कधी सोहारा भन्ने क्षेत्रमा करिब १० वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको चितवन चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जमा सूचना अधिकारी लोकेन्द्र अधिकारीले सो गैँडा दलदल परेर भासिन पुगी मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको बताउनु भयो । मृत अवस्थामा फेला परेको गैँडाको खाग र खुर सुरक्षित रहेको पनि उहाँले बताउनु भयो ।

तपाईको प्रतिक्रिया