फाईल फोटो

नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिकामा साउन ८ गतेदेखि १८ गतेसम्म भेरोसेल खोप लगाएकाहरुका लागि दोस्रो खोपको मात्रा यहि भाद्र १० गते लगाईने भएको छ ।
गैँडाकोट नगरपालिकाले मंगलबार एक सूचना प्रकाशन गर्दै नगरका १ देखि १८ वडाका सबै नगरवासीहरुलाई भाद्र १० गते खोप लगाउन भनेको हो ।
स्थानीय आधारभूत स्वास्थ्यकेन्द्र मार्फत खोप लगाउन सकिने नगरपालिकाले जनाएको छ । गैँडाकोट नगरपालिका वडा नं. ५, १०,११, १५ र १६ का वडावासीले भने भदौ १० र ११ गते दुवैदिन खोप लगाउन सक्ने जनाइएको छ ।
नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत यामप्रसाद सुवेदीद्धारा जारी सूचनामा पहिलो खोप लगाएको प्रमाण सहित भौतिक दुरी कायम गरि खोप सेवा लिन अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया