×

नवलपुर विशेष

कस्ता व्यक्तिले कोरोनाविरुद्ध खोप लगाउन मिल्दैन ?

कस्ता व्यक्तिले कोरोनाविरुद्ध खोप लगाउन मिल्दैन ?
काठमाडौं । देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । खोप कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने? आमसर्वसाधारणमा अन्योलता छाएको छ । केही खोप केन्द्रहरूले उमेर मात्रै सोधेर खोप उपलब्ध गराउने गरेको समेत पाइएको छ । केही खोप केन्द्रहरूमा खोप लगाएका सर्वसाधारणको विस्तृत विवरण नराखिएको देखिएको छ । खोप लगाउनुअघि आफ्नो रोग र आफूले सेवन गरिरहेको औषधिबारे स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, सो विषय पूर्ण कार्या...

गैँडाकोटमा असार ३१ र साउन १ गते खोप लगाईने (कसले कहाँ लगाउने ? हेर्नुस )

गैँडाकोटमा असार ३१ र साउन १ गते खोप लगाईने (कसले कहाँ लगाउने ? हेर्नुस )
गैँडाकोट नगरपालिकाले असार ३१ र साउन १ गते भेरोसोल खोप लगाउने भएको छ ।गैँडाकोट नगरपालिकामा विभिन्न सात स्थानबाट खोप लगाइने प्रमुख प्रशासकीय अधिकृत यामप्रसाद सुवेदीले जानकारी दिनुभयो । ५५ वर्ष माथिका सवै पहिलो खोप नपाएकालाई, विश्व विद्यालय, विद्यालय प्राध्यापक, शिक्षक र कर्मचारी, अत्यावश्यक सेवामा संलग्न बाकि व्यक्तिहरुलाई, खोप अनिवार्य गरेका विदेश जाने नागरिकलाई, दोश्रो मात्रा लगाउन छुटेका व्यक्तिहरुलाई र सार्वजनिक यातायातमा कार्यरत चालक तथा कर्मचारीहरुलाई विशेष प्राथमिकताका ...

जन्मदिनको अवसरमा खाद्यान्न वितरण तथा बृक्षारोपण

जन्मदिनको अवसरमा खाद्यान्न वितरण तथा बृक्षारोपण
चितवन ।लायन्सक्लव अफ भरतपुर उज्यालोका संस्थापक अध्यक्ष रितु गिरीकी सुपुत्री रेमिना गिरीको जन्मदिनको अवसरमा देवघाटमा खाद्यान्न वितरण तथा बृक्षारोपण कार्यक्रम आज सम्पन्न भएको छ ।देवघाटधाममा रहेको समाज कल्याणबृद्धा आश्रममा रहेका बृद्धबृद्धाहरुलाई सातहजार रुपैया बराबरको खाद्यान्न वितरण गर्नुका साथै आश्रम परिसरमा बृक्षारोपण गरिएको लायन्सक्लव अफ भरतपुर उज्यालाेले जनाएको छ । सो अवसरमा आश्रममा रहेका बृद्धाबद्धाहरुलाई क्यारेमबोर्ड र कपास उपलव्ध गराइएको थियो ।क्लवका अध्यक्ष प्रमिल...

नवलपुरमा कोरोना विरुद्धको भेरोसेल खोप शुरु गर्न केही दिन लाग्ने

नवलपुरमा कोरोना विरुद्धको भेरोसेल खोप शुरु गर्न केही दिन लाग्ने
गोविन्द घिमिरे नवलपुर । सरकारले आजदेखि कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरेको भए पनि नवलपुरमा भने केही दिन लाग्ने भएको छ । सम्पूर्ण तयारी पूरा नभएको र खोप पनि आईनसकेका कारण केही दिन समय लाग्ने भएको हो । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक बस्ने तयारी भईरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ती बैठकपछि लक्षित समूह एकिन गरेर मात्रै खोप कार्यक्रम सार्वजनिक गरिने छ । उहाँले उज्यालो खबरलाई भन्नुभयो “खोप आईसके...

सर्वोच्चको फैसलाविरुद्ध नवलपुरमा युवा संघ र अनेरास्ववियूको प्रदर्शन

सर्वोच्चको फैसलाविरुद्ध नवलपुरमा  युवा संघ र अनेरास्ववियूको प्रदर्शन
कावासोती । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला सुनाएपछि सत्तारुढ दल एमालेका कार्यकर्ता सडकमा उत्रेका छन् । पूर्बि नवलपरासीको कावासोतीमा पनि एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नवलपुर र अनेरास्ववियु नवलपुरको नेतृत्वमा विरोध प्रदर्शन भएको छ । सोमबार कावासोतीको फिल्महल चोकमा युवा संघ नवलपुर र अनेरास्ववियु नवलपुरले आधा घण्टा विरोध प्रदर्शन गरेका हुन् । सर्वोच्चले संसद विघटन गर्ने सरकारको निर्णय उल्टाउनुका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त ...

विद्यालयहरुले चर्काे शुल्क लिएकाे प्रति अनेरास्ववियू नवलपुरकाे ध्यानाकर्षण

विद्यालयहरुले चर्काे शुल्क लिएकाे प्रति अनेरास्ववियू नवलपुरकाे ध्यानाकर्षण
गैँडाकोट । अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) नवलपरासी(पूर्व)ले भर्ना अभियानका नाममा जिल्लाका शैक्षिक संस्थाहरुले शुल्क लिईरहेको भन्दै जिल्ला भर एकैसाथ ज्ञापन पत्र बुझाएको छ । जिल्लामा रहेका आठवटा स्थानीयतहका प्रमुखहरुलाई सम्बोधन गरि बुझाइएको ज्ञापनपत्रमा कोरोना भाईरसको महामारी अझै रोकथाम नभएको अवस्थामा विद्यार्थी तथा अभिभावको ढाड सेक्नेगरि लिइएको शुल्क फिर्ता लिन माग गरिएको छ । अनेरास्ववियूका जिल्ला संयोजक कृष्ण गैरे र सहसंयोजक सुरज सापकोटाद्धारा...

नारायणीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका  गैडाकाेटका किशाेरकाे शव फेला

नारायणीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका  गैडाकाेटका किशाेरकाे शव फेला
नवलपुर । नारायणी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका गैँडाकोट–२ का १६ वर्षीय प्रशान्त घिमिरेको शव भरतपुर २६ हिरापुरस्थित नारायणी नदीकिनारमा फेला परेको प्रहरीले जनाएको छ । भरतपुर–१, ठिमुरास्थित हजुरआमाको घरमा गएको बेला उनी चारजना साथीसँग पौडी खेल्नेक्रममा बेपत्ता भएका थिए । घिमिरेका मामा हरि दाहालका अनुसार प्रशान्त असार २३ गते बुधबारदेखि बेपत्ता भएका थिए । आइतबार बिहान शव फेला परेपछि घटनास्थलमा पुगेका प्रहरी टोलीले मुचुल्का तयार पारी पोस्ट मार्टमका लागि भरतपुर अस्पताल ...

नवलपुरमा चितुवाको आक्रमणबाट १३ भेडा मरे

नवलपुरमा चितुवाको आक्रमणबाट १३ भेडा मरे
नवलपुर । पूर्वि नवलपरासीको मध्यविन्दुमा जंगली जनावरको आक्रमणबाट १३ वटा भेडा मरेका छन् । मध्यविन्दुु नगरपालिका वडा नं.१ स्थित अभियानमा स्थानीय मनकुमारी महतोको गोठमा रहेका १५ वटा भेडा मध्ये १३ वटा भेडा मरेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का डिएसपी दिलिप कुमार गिरीले स्थानीय जंगलबाट आएको चितुवाले भेडा मारेको हुन सक्ने बताउनु भयो ।

गैँडाकोटमा सर्पको टोकाइबाट बालिकाको मृत्यु

गैँडाकोटमा सर्पको टोकाइबाट बालिकाको मृत्यु
नवलपुर – गैँडाकोटमा सर्पको टोकाइबाट एक बालिलकाको ज्यान गएको छ । सर्पको टोकाइबाट शुक्रबार राति गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको हो । राति सर्पले डसेको भए पनि बिहान मात्रै परिवारले थाहा पाउँदा समयमै उपचार नपाएर भुजेलको ज्यान गएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । परिवारलाई उदृत गर्दै इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बिहान ५ बजेको समयमा अस्पताल पु¥याइएको भए पनि बालिकाको ज्यान बचाउन नसकिएको बताउनुभयो ...