नवलपुर । नवलपुरमा जुवा खेल्दै गरेको अवस्थामा सातजना पक्राउ परेका छन् । जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं. १३ मैनाघाटमा जुवा खेल्दै गरेको अवस्थामा सातजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जनाएको छ ।
पक्राउ पर्नेहरुमा मैनाघाटका ३८ वर्षका डोल बहादुर सारु, ४३ वर्षका बल बहादुर सारु, ३५ वर्षका विरेन्द्र थापा, ३६ वर्षका सूर्यप्रसाद खनाल, ४० वर्षका टुल बहादुर सारु, २८ वर्षका यम सोमै र लमजुङ चिति घर भएका ४२ वर्षका सुवास बाबु पाण्डे रहेको प्रहरी निरिक्षक मधुसुदन सिहंले जानकारी दिनुभयो ।
जुवाको खालबाट प्रहरीले ५९,८९० रुपैया बरामद गरेको छ । पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको छ ।

तपाईको प्रतिक्रिया