नवलपुर । नवलपरासी (पूर्व) को गैँडाकोट नगरपालिका वडा नं. (१०) २३ स्मृतिपुलको डाईभर्सन बाढीले बगाएपछि अवरुद्ध भएको नारायणगढ कावासोती सडकखण्ड अझैसम्म सञ्चालनमा आउन सकेको छैन ।
बिहिवार राति ९ वजेदेखि अवरुद्ध भएको सडक सञ्चालनमा नआउँदा सयौ यात्रुुहरुले सास्ती व्यहोर्नु परेको छ । गएराति देखि ह्युुमपाईप राखेर सडक सडक सञ्चालनको प्रयास गरेपनि त्यो सफल हुन नसकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का सूचना अधिकारी मधुुसुदन सिहंका अनुसार सडक कतिवेला देखि सञ्चालन हुन्छ भनेर यनिक रुपमा भन्न सकिने अवस्था छैन । हिलो माटोमा गाडिहरु फसेपछि यातायात सञ्चालनमा कठिनाई भैहरेको हो । यसअघि पनि सोहि स्थानको डाईभर्सन बाढीले बगाएपछि लामो समयसम्म यात्रुहरुले सास्ती व्यहोरेका थिए ।

तपाईको प्रतिक्रिया