नवलपुर । अविरल वर्षाका कारण नारायणगढ बुुटवल सडक खण्ड अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत गैँडाकोटको २३ स्मृति पुल नजिकैको डाईभर्सन बाढीले बगाउदा सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।
अविरल वर्षाका कारण गएराति ९ वजेदेखि अवरुद्ध भएको सो सडक सञ्चालन गर्न लामो समय लाग्ने प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा पश्चिमतर्फ जाने सवारी साधन र पूर्वतर्फ आउने सवारी साधनहरु रोकिएका छन् ।
त्यसैगरी जिल्लाकै दाउन्नेमा पहिरो खसको छ । गएराति झरेको पहिरो पन्छाउने काम सुुरु भएपनि सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । वर्षाका कारण नवलपुरका विभिन्न स्थान जलमग्न भएका छन् । हुप्सेकोट गाउँपालिका वडा नं. ४ मा एउटा घर पहिरोले पुरेको छ । पहिरोका कारण भएको क्षतिको विवरण आउन सकेको छैन ।

तपाईको प्रतिक्रिया