नवलपुर ।राष्टिय युवासंघ नेपाल नवलपुरले यातायात व्यवस्था कार्यालय कावासोतीबाट अन्य प्रदेशका ब्लुबुक नविकरण नभएको प्रति गम्भिर ध्याानाकर्षण भएको जनाएको छ ।लामो समयदेखि जिल्लाबाट भैरहेको नविकरण कार्य अचानक रोकिएको प्रति युवासंघले चासो राख्दै तत्काल सेवा सुचारु गराउन माग गरेको छ ।
जिल्ला संयोजक कृष्ण कंडेलद्धारा आज जारी विज्ञेप्तिमा जनताको पक्षमा सहि निति तर्जुमा गर्दै सेवा सुचारु गर्न भनिएको छ । साथै विज्ञेप्तीमा नविकरण कार्य रोकिए आफुहरु बाध्य भै संघर्षमा जाने चेतावनी दिइएको छ ।


यता यातायात व्यवस्था कार्यालय कावासोतीले केहिदिन भित्रमै सेवा सुचारु हुने जनाएको छ । उज्यालो खबरसँग कुरागर्दै कार्यालय प्रमुुख ज्ञानप्रसाद भूसालले जिल्लाको समस्याका बारेमा प्रदेश सरकारलाई जानकारी गराइसकिएको भन्दै अवको ३, ४ दिन भित्रमै पहिलेको जस्तै नविकरण लगायतका कामहरु सुरु हुने बताउनु भयो ।

तपाईको प्रतिक्रिया