गैँडाकोट । नारायणी नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । चितवन र नवलपुर जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।
विहान ६ :५० वजे अन्दाजी ४५ वर्षका पुरुष पुलबाट नदीको विच भागमा हाम फालेका हुन् । वडा प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक बाबुकृष्ण पुडासैनीले बेपत्ता भएका पुरुषको खोजीकार्य भैरेहको उज्यालो खबरलाई जानकारी दिनुभयो ।
नदीमा हाम फालेका पुरुषले पुलमा झोला समेत छाडेका छन् । झोलामा बसको टिकट र दाङको तुलसीपुर नगरपालिका वडा नं. ४ लेखेको अम्तुल प्रसाद गुप्ता लेखेको नागरिकताको प्रतिलिपि फेला परेको छ ।
सो नागरिकता उनकै हो या हैन भन्ने बारेमा यकिन हुन सकेको छैन । बसको टिकट समेतलाई आधार मान्दा उनि बस चढेर आएको र पुलबाट हाम फालेको अनुमान गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया