गैँडाकोट । नवलपुरमा पछिल्लो २४ घण्टामा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार मंगलबार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलवार थपिएका संक्रमित मध्ये गैंडाकोटमा ४८ , देवचुलीमा २२, कावासोतीमा ६ , मध्यविन्दुमा ३ , विनयीत्रिवेणीमा ४ र हुप्सेकोटमा ३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।मंगलबार थपिएका ८६ जना संक्रमित सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३६२ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया