गैँडाकोटको बेरुजु जिल्लामै सबैभन्दा कम, आगामी दिनमा शुन्यमा झार्छौ : मेयर पौडेल
नवलपुर । नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिकाको बेरुजु जिल्लामै सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यलयले सार्वजनिक गरेको २०७६/७७ को लेखा परीक्षणमा जिल्लाका आठ स्थानीय तह मध्ये गैँडाकोट नगरपालिकाको बेरुजु सबै भन्दा कम देखिएको हो ।
सो आर्थिक वर्षमा गैँडाकोट नगरपालिकाको बेरुजु १.३५ प्रतिशत मात्रै रहेको छ । गैँडाकोट पछि दोस्रोमा बौदीकाली गाउँपालिकाको बेरुजु १.७५ प्रतिशत देखिएको छ । त्यसैगरी मध्यविन्दु नगरपालिकाको १.९२, कावासोती नगरपालिकाको २.१२, देवचुली नगरपालिकाको २...


