×

सुस्मा न्याैपाने 

गैँडाकाेट ।किसान उपभोक्ता सहकारी संस्था लिमिटेड गैँडाकोटले गैँडाकोट नगरपालिकाको वडा नं. ११ हर्कपुरमा स्थापना गर्न लागेको “किसान मार्ट”  भवनको आज शिलान्यास गरिएको छ । गैँडाकोट नगरपालिका वडा नं. ११ हर्कपुर चोकमा निकट भविष्यमै सञ्चालनमा आउने किसान मार्ट भवनको आज शिलान्यास गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले एक कार्यक्रमका विच “किसान मार्ट” भवनको शिलान्यास गर्नुुभएको हो । भवन शिलान्यास गर्दै मेयर पौडेलले किसानका उत्पादनलाई प्रवद्र्धन गर्दै सर्वसुलभ सेवा प्रदान गर्नेतर्फ लाग्न सकोस भन्दै किसान मार्टलाई शुभकामना दिनुभयो । उहाँले स्थानीय सरकारले गर्न पर्ने आवश्यक सहयोगका लागि तयार रहेको समेत बताउनुभयो ।
किसान उपभोक्ता सहकारी संस्था लिमिटेडका अध्यक्ष तिलक पराजुलीको अध्यक्षतामा भएको भवन शिलान्यास कार्यक्रममा किसान बचत तथा ऋण सहकारी संस्थका अध्यक्ष श्रीहरी चालिसेले मार्ट स्थापनाको उदेश्य र भावि योजनाबारे प्रष्ट पार्दै स्वागत मन्तव्य राख्नु भएको थियो । सो अवसरमा उहाँले किसान मार्टलाई जिल्लाका विभिन्न स्थानमा विस्तार गर्र्दै ब्यवस्थित रुपमा सेवा प्रवाह गरिने बताउनुभयो ।
सो अवसरमा गैँडाकोट नगरपालिका वडा नं. ११ का अध्यक्ष गोविन्द प्रसाद सुवेदी, समाजसेवी गोविन्द कोईराला, शान्ति कोईराला लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।कार्यक्रमकाे संचालन किसान उपभोक्ता सहकारी संस्था लिमिटेडका  सचिव नविन सापकाेटाले गर्नुभएकाे थियाे । करिव ५० लाखको लागतमा ४५ दिन भित्रै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । हर्कपुर चोकमा स्थापना गरिने किसान मार्ट गैँडाकोट नगरको तेस्रो शाखा हो ।

तपाईको प्रतिक्रिया