नवलपुर । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक मधुसुदन सिंहका अनुसार गुल्मी जिल्लाको सर्सिनी वडा नं। ८ निवासी ३० बर्षीय प्रेमबहादुर भुसाल र रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका १० निवासी २९ बर्षीय सोमबहादुर भण्डारी पक्राउ परेका हुन् ।

बुधबार दिउँसो नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ होङसी जाने गेट अगाडि पूर्वपश्चिम राजमार्गको सडक खण्डमा चेकजाँचको क्रममा उनीहरुलाई लागुऔषध सहित पक्राउ गरेको हो ।प्रहरीले उनीहरुलाई उनीहरुले प्रयोग गरेको लु १ ज ३९४८ नम्बरको ट्याक्सी समेत नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको साथबाट लागुऔषध डाइजेपाम ४ सय ९० एम्पुल, फेनारगन ४ सय ९९ एम्पुल र बुर्फिनुर्फिन ४ सय ८२ एम्पुल बरामद गरेको हो ।

 

तपाईको प्रतिक्रिया