पाँच करोड बढीको लगानीमा गैँडाकाेटमा भाद्र १६ गतेदेखि “किसान मार्ट” सञ्चालनमा आउने
गाेविन्द घिमिरे
नवलपुर । पूर्वि नवलपरासीको गैँडाकोटमा पाँच करोड बढीको लगानीमा ''किसान मार्ट'' सञ्चालनमा आउने भएको छ । गैँडाकोट नगरपालिका वडा नं.४ मा रहेको गैँडाकोट एग्रो मार्ट परिसरभित्र किसान मार्ट सञ्चालनमा आउन लागेको हो । किसान बचत तथा ऋण सहकारी संस्थाले प्रर्वद्धन गरेको किसान मार्ट किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले सञ्चालन गर्ने किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेले जानकारी दिनुभयो ।
भाद्र १६ गते विहान ८ वजे गण्डकी प्रदेशका मुख्यमन्त्री कृष...


