गाेविन्द घिमिरे 

गैँडाकाेट । पूर्वि नवलपरासीको गैँडाकोटमा निर्माण हुने क्षेत्रीय रंगशाला र निर्मााणाधीन कर्भड हलको कामलाई तिव्र रुपमा अगाडी बढाउन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ सकरात्मक देखिनुभएको छ ।
क्षेत्रीय रंगशाला र कर्भडहल निर्माणको कामलाई यथाशक्य पुरा गर्न बजेट विनियोजनको माग गर्दै पोखरा पुगेको गैँडाकोट खेलकुद समितिको टोलि समक्ष मुख्यमन्त्री नेपाली र खेलकुद मन्त्री गुरुङ सकरात्मक देखिएको अखिल नेपाल फुटवल संघ (एन्फा) गण्डकी प्रदेशका सदस्य दुर्गा घिमिरेले बताउनु भयो ।
गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्की, उपाध्यक्ष रमेश तिवारी, सचिव प्रकाश पौडेल, कोषाध्यक्ष गजेन्द्र बन, सहसचिव सुमन पन्डित ,  एन्फा गन्डकी प्रदेशका सदस्य समेत रहेकी गैँडाकोट खेलकुद समितिका सदस्य दुर्गा घिमिरे,सन्जय कुमाल, पुर्व फुटवल क्पाप्टेन गाैरव अधिकारी,  गैँडाकाेट महिला फुटवल क्लवका निर्वतमान अध्यक्ष लक्ष्मी अधिकारी सहितको टोलि मुख्यमन्त्री र युवा तथा खेलकुद मन्त्रीलाई भेट्न पोखरा पुगेको हो ।
गैँडाकोट खेलकुद समितिको प्रतिनिधि मण्डलसँग कुरा गर्दै मुख्यमन्त्री नेपालीले क्षेत्रीय रंगशाला निर्माण र निर्माणाधीन कर्भडहलको कामलाई अघि बढाउन प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको थियो । त्यस्तै युवा तथा खेलकुद मन्त्री राजिव गुरुङले मन्त्रालयले सकेको सहयोग गर्ने आश्वासन दिनुभयो ।

गैँडाकाेट नगरपालिका वडा नं‍ ३,४ र ८ नम्बर वडाकाे करिव ६ विगाहा क्षेत्रफलमा फैलने क्षेत्रीय रंगाशाला निर्माणका लागि करिव  १५ कराेड  लागत लाग्ने अनुमान गरिएकाे छ  । त्यसैगरी कभर्डहलका लागि  ४ कराेड ९६ लाख लागतकाे अनुमान गरिएकाे छ ।

तपाईको प्रतिक्रिया