नवलपुर । पूर्वि नवलपरासीको गैँडाकोटमा रहेको गैँडाकोट इङलिस स्कुलले यसबर्षदेखि कक्षा ११ को पढाई सञ्चालन गर्ने भएको छ । यस शैक्षिकसत्रदेखि कक्षा ११ को पढाई सुरु गर्न लागिएको स्कुलले जनाएको छ ।

गैँडाकोट नगरपालिका वडा नं. २ मा रहेको नयाँ भवनबाट होटल म्यानेजमेन्ट र कम्प्युटर साईन्स विषय सहितको ब्यवस्थापन संकायमा विषयमा भर्ना सुरु गरिएको स्कुलका प्राचार्य हिरालाल अर्यालले जानकारी दिनुभयो ।

अनुभवि र तालिम प्राप्त शिक्षकहरुले प्रोजेक्टरको माध्यमबाट अध्यापन गराउने भएकोले विद्यार्थीहरुले आधुनिक तवरले सिकाइ गर्न सक्ने स्कुलले जनाएको छ । गैँडाकोट इङलिस स्कुललले यस क्षेत्रकै पहिलो अन्तराष्टिय स्कुलको अवार्ड प्राप्त गरि आफुलाई अब्बल रहेको परिचय दिन सफल भएको छ । त्यतिमात्रै नभएर याे नगरकै पहिलाे बालमैत्रि विध्यालय समेत हाे ।

आधुनिक सुविधासम्पन्न भवन र शान्त वातावरणमा परियोजनामा आधारित शिक्षण गर्दै विद्यार्थीहरुलाई पाठ्यक्रमकाे अतिरिक्त विश्व वजारमा जागिर तथा व्यवसाय गर्न आवश्यक सिपको विकास गराउने विद्यालयको लक्ष्य छ ।

तपाईको प्रतिक्रिया