×

गैँडाकोट । एसईईको नजिता सार्वजनिक भएसँगै कक्षा ११ मा पढ्ने विद्यालय र विषयहरु छनौट गर्न विद्यार्थीहरु व्यस्त देखिएका छन् ।नवलपुरको गैँडाकोटमा रहेका निजि एवंम् सामुदायिक विद्यालयहरुले कक्षा ११ मा भर्ना अभियान सुरु गरेका छन् ।

गैँडाकोट नगरपालिका वडा नं. २ मा अवस्थित गैँडाकोट नमुना मावि विद्यार्थीहरुको रोजाईमा परेको नगरकै पुरानो विद्यालय हो । लामो समयदेखि शिक्षा क्षेत्रमा अलग पहिचान बनाएको गैँडाकोट नमुना माविले कक्षा ११ मा भर्ना सुरु गरेको छ । विज्ञान र ब्यवस्थापन संकायमा भर्ना सुरु गरिएको विद्यालयले जनाएको छ ।

कक्षा ११ मा समेत स्कुलकै बाताबरणमा पढाई हुने भएकोले विद्यार्थी तथा अविभावकहरुको रोजाईमा आफ्नो विद्यालय पर्ने गरेको विद्यालयका प्राचार्य गोपेन्द्र केशरी न्यौपानले जानकारी दिनुभयो । विद्यार्थीहरुले बढि स्वतन्त्रता महशुस गरेर अध्ययनको सिमा भन्दा बाहिर जान नपाउन भनेर स्कुलकै वातावरणमा कक्षा ११ र १२ मा पढाई सञ्चालन गर्ने गरिएको छ ।

लामो समयदेखि अध्यापन गराइरहेका शिक्षकहरुको बलियो टिम नमुना माविसँग छ । नयाँ नयाँ शिक्षकहरु परिवर्तन गर्दा विद्यार्थीहरुले शिक्षकहरुसँग निर्धक्क सँग आफ्ना समस्याहरु राख्न सक्ने वातावरण  नहुने भएकोले अध्यापनमा अब्बल शिक्षकहरुलाई नमुनाले राख्दै आएको छ । राष्ट्रिय परिक्षा बोर्डले विगतमा सार्वजनिक गरेको तथ्याकं अनुसार नमुना माध्यामिक विद्यालय राम्रा विद्यालयहरुको सूचिमा समेत परेको थियो ।

तपाईको प्रतिक्रिया