नवलपुर । पूर्वि नवलपरासीको कावासोती नगरपालिका वडा नं. २ खरकट्टा जंगलमा ट्रकको ठक्करबाट आज साँझ एक युवकको मृत्यु भएको छ । मध्यविन्दु न.पा.३ बस्ने वर्ष २१ का अमर अधिकारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना २ ख ७५५५ नं. को ट्रकले लु ४६ प ४७५८ नं. को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक अधिकारीको मृत्यु भएको हो ।
दुर्घटनामा परि मोटरसाइकलमा सवार सोहि स्थानकी १९ वर्षीया ममता खाँड घाईते भएकी छिन् । घाईते खाँडको नवलपुर अस्पतालमा उपचार भैरहेको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया