चितवन – चितवन राष्ट्रिय निकुञ्जमा गैंडा तस्करीमा संलग्न गिरोह पक्राउ परेको छ ।पक्राउ पर्नेहरुमा मकवानपुरको वागमती गाउँपालिका ३ पाँचपाण्डवका ३५ वर्षीय नविन पौडेल भन्ने मेख बहादुर नेपाली, जाजरकोटको शिवालय गाउँपालिका २ डुङ्ग्राका २७ वर्षीय विरबहादुर बस्नेत र चितवनको खैरहनी नगरपालिका ६ रिजालटोलका २५ वर्षीय आरोष उप्रेती रहेका छन् ।

उनीहरु २०७६ साल भदौ महिनामा निकुञ्जको नवलपरासीस्थित मर्दीघोल भन्ने ठाउँमा एउटा वयष्क गैंडा चोरी शिकारीमा संलग्न भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । उक्त घटनामा १५ जनाको संलग्नता रहेको उनले बताए ।

सोही घटनामा संलग्न भतरपुर २८ का ४९ वर्षीय रण बहादुर भन्ने जित बहादुर कुमालसहित २ जना यस अघि नै पक्राउ परेका थिए । उनीहरुलाई कारागारबाट झिकाई अनुसन्धान अघि बढाइएको थियो । उनीहरुपाँचै जनालाई निकुञ्ज प्रशासनले आज सार्वजनिक गरेको हो । उक्त चोरी शिकारीमा संलग्न १० जना अझै फरार छन् ।

पक्राउ परेका रण बहादुर भन्ने जित बहादुर कुमाल तथा फरार प्रतिवादिहरु रामबहादुर प्रजा र बमबहादुर प्रजाले गैंडा मारेर खाग काटी विरबहादुर बस्नेतलाई बेचेको र उनले पनि काठमाडौंमा लगेर फरार प्रतिवादिलाई बेचेको बरालले बताए । त्यसपछि उक्त खाग मेघबहादुर नेपालीले ५५ लाखमा बिक्री गरी विरबहादुर नेपालीलाई ५० लाख दिएको र उनले अन्य प्रतिवादीहरुलाई समेत पैसा बाँडेको अनुसन्धानबाट खुलेको छ ।

उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ ९१० ९क० तथा २६९१० बमोजिमको कसूर अपराधमा सोही ऐनको दफा २६९१० बमोजिम सजाय हुनेछ । उनीहरुलाई आजै जिल्ला अदालत नवलपुरमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया