नवलपुर । पूर्वि नवलपरासीमा जुवा खेल्दै गरेको अवस्थामा सात जना पक्राउ परेका छन् । कावासोती नगरपालिका वडा नं. ८ स्याउली बजारमा जुवा खेल्दै गरेका ७ जना आज साँझ ५ वजे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।
पक्राउ परेका हरुको साथबाट नगद २४ हजार ७ सय ८० रुपैँया बरामद गरिएको प्रहरी निरिक्षक मधुसुदन सिहंले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा कावासोती नगरपालिका वडा नं. ८ का नेत्र बहादुर खड्का, कमल सुवेदी, अर्जुन घिसिङ, भूमिश्वर भट्टराई, दिल बहादुर रानाभाट, श्याम गुरुङ र यज्ञ प्रसात तिवारी रहेका छन् । उनिहरु सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ ।
उनिहरु सबैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया