×

नवलपुर । पूर्वि नवलपरासीमा जुवा खेल्दै गरेको अवस्थामा एक महिला सहित ८ जना पक्राउ परेका छन् । मध्यविन्दु नगरपालिका वडा नं. ६ टाँडीमा जुवा खेलिरहेका उनिहरु आज दिउसो ३ः१५ वजे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।

पक्राउ परेका हरुको साथबाट नगद ३६ हजार ६ सय ८० रुपैँया बरामद गरिएको प्रहरी निरिक्षक मधुसुदन सिहंले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा मध्यविन्दु नगरपालिका वडा नं. ६ का ६० वर्षका सत्रुघन थापा, ५१ बर्षका गंगाराम थारु, ५६ बर्षीया मिना कुमारी रावल (थापा), वडा नं. ५ का ६० वर्षका रेवती रमन घिमिरे, २८ बर्षका लाल बहादुर नेपाली, वडा नं. ७ का ४४ बर्षका दोरण लाल श्रेष्ठ, ४४ बर्षका शुरेस बोहरा र वडा नं. ८ का ४९ बर्षका अशोक गुरुङ रहेका छन् ।

उनिहरु सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ ।उनिहरु सबैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया