×

चितवन सेरोफेरो

भरतपुर महानगरपालिकामा नियम विपरीत ८५ कर्मचारी नियुक्त, २ करोड ७६ लाख बढी भुक्तानी

भरतपुर महानगरपालिकामा नियम विपरीत ८५ कर्मचारी नियुक्त, २ करोड ७६ लाख बढी भुक्तानी
चितवन- चितवनको भरतपुर महानगरपालिकाले ठुलो संख्यामा कर्मचारीको नियुक्ति नियमसम्मत नगरेको पाइएको छ । महालेखा परीक्षकको रिपोर्ट अनुसार, महानगरपालिकाले अधिकृत तहदेखि खरिदारसम्मका ८५ जना कर्मचारीको नियुक्ति नियमसम्मत गरेको छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ८३मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यक्षेत्र बोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्भेक्षणमा स्थायी प्रकृतिको कामको र सेवा करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न...

जहाँ शान्ति बोल्दछ : चौकीडाँडाबाट थुम्की सम्मको कथा

जहाँ शान्ति बोल्दछ : चौकीडाँडाबाट थुम्की सम्मको कथा
-बिज्ञान पौडेल मिति २०८२ जेठ २७ गते साँझ ५ बजेको घाम झर्दै गरेको बेला, हामीले आफ्नो दैनिकीको थकाइलाई बिदा दिँदै, चितवनका शहरी कोलाहलबाट केही क्षणको शितलता खोज्दै पहाडी गाउँतिर पाइला बढायौं। भरतपुरको तातो डामरमा ४० डिग्रीको राप झेलिरहेका हामी, केही किलोमिटर माथि पुग्दा नै एकाएक मौसम बदलिएको अनुभव गर्यौं—शितल हावा, हरियालीका सिरानी र ताजगीले भरिएको स्वच्छ वातावरण। साँच्चिकै, त्यहाँको शान्तिको स्पर्शले नै थकान भुलाइदिएको थियो। साँझ ६:३० बजेको थियो जब हामी चौकीडाँडाको टावरमा प...

चितवन दिव्यनगरमा घरायसी विवादपछि आगलागी, टहरो पूर्णरूपमा नष्ट

चितवन दिव्यनगरमा घरायसी विवादपछि आगलागी, टहरो पूर्णरूपमा नष्ट
चितवन-  भरतपुर महानगरपालिका–२७ सिसौघारीस्थित दिव्यनगरमा घरायसी विवादका कारण एक व्यक्तिले आफ्नै टहरोमा आगो लगाउँदा पूर्णरूपमा नष्ट भएको छ। शुक्रबार राति करिब ९:२५ बजे राम महतोले श्रीमती इन्द्रमाया सुनारसँगको पारिवारिक विवादपछि रिसको झोकमा आफैं बसोबास गर्दै आएको खरले छाएको टहरोमा आगो लगाएका थिए। आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिव्यनगरबाट प्रहरी नायब निरीक्षक विनोद अधिकारीको कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो। स्थानीय बासिन्दा र नेपाल ...

गर्मीको प्रभाव- खैरहनी नगरपालिकाका सबै विद्यालयहरू एक दिनका लागि बिदा

गर्मीको प्रभाव- खैरहनी नगरपालिकाका सबै विद्यालयहरू एक दिनका लागि बिदा
खैरहनी - हालैको मौसम परिवर्तनसँगै तापक्रम अत्यधिक बढेको कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्था सिर्जना भएको छ । यहि अवस्थालाई ध्यानमा राख्दै चितवनको खैरहनी नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई एक दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । नगरपालिकाले जानकारी गराएअनुसार (बुधवार) जेठ २८ गते, एक दिनका लागि विद्यालय बिदा दिइनेछ । भोलिको बिदा विद्यालयले प्रयोग गर्ने शैक्षिक सत्र २०८२ को वर्षे बिदाबाट कट्टा गरिनेछ । खैरहनी ...

केमसान चितवनमा नयाँ नेतृत्व – अध्यक्षमा रानाभाट निर्वाचित

केमसान चितवनमा नयाँ नेतृत्व – अध्यक्षमा रानाभाट निर्वाचित
चितवन-  रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल,(केमसान) चितवनको १२औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनले अर्जुन रानाभाटको अध्यक्षतामा ६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।कार्यसमितिको उपाध्यक्षमा सुरज मरहठ्ठा, महासचिवमा नारायण अर्याल, कोषाध्यक्षमा दिनेश खनाल र सदस्यहरूमा मिलन पुरी तथा बसन्त पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । संघको विधानअनुसार बाँकी दुई सदस्य पछि मनोनयन गरिने व्यवस्था रहेको छ । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल चितवन शाखाका अध्यक्ष श्रीकृष्ण भण्डारीक...

अनेमसंघद्धारा भरतपुरको मोहन माविमा बृक्षारोपण

अनेमसंघद्धारा भरतपुरको मोहन माविमा बृक्षारोपण
गैँडाकोट । अखिल नेपाल महिला संघ वडा कमिटी भरतपुर–१२को आयोजनामा विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम बिहिवार सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं. १२ मा अवस्थित मोहन माध्यमिक विद्यालयको परिसरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो । सो अवसरमा धुपी, म्यांगोट्री, कपुर लगायतका विभिन्न जातका बिरुवा विद्यालय परिसरमा रोपिएको थियो । अखिल नेपाल महिला संघ वडा कमिटी भरतपुर–१२ का अध्यक्ष गायत्री श्रेष्ठको अध्यक्षतामा भएको बृक्षारोपण कार्यक्रममा नेकपा...

सेनाको सहभागिता, सम्पदाको संरक्षण – उपरदाङ्गगढीमा ऐतिहासिक धारा उद्घाटन

सेनाको सहभागिता, सम्पदाको संरक्षण – उपरदाङ्गगढीमा ऐतिहासिक धारा उद्घाटन
चितवन-  ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको उपरदाङ्ग गढीमा नेपाली सेनाले ढुङ्गे धारा निर्माण गरी ईच्छाकामना गाउँपालिकालाई हस्तान्तरण गरेको छ। नेपाली सेनाको “जनतासँग नेपाली सेना” अभियान अन्तर्गत शिघ्र प्रभावी आयोजनाबाट निर्मित उक्त धारा बुधबार एक विशेष समारोहका बीच हस्तान्तरण गरिएको हो। कार्यक्रममा नेपाली सेनाको मध्य पृतना हेटौडाका पृतनापति उपरथी हरेन्द्र पाठकले ढुङ्गे धाराको साँचो ईच्छाकामना गाउँपालिकाका अध्यक्ष दानवहादुर गुरुङलाई जिम्मेवारीसहित हस्तान्तरण गर्नुभयो।उपरथी...

रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ, पठाइयो धनुषा

रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ, पठाइयो धनुषा
काठमाडौं- रमण कन्स्ट्रक्सन प्रालिका सञ्चालक पवन महतो पक्राउ परेका छन्।प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ घर भई काठमाडौंको सिफलचौर बस्ने उनलाई धनुषा पठाएको छ। रमण कन्स्ट्रक्सन प्रालिमा उनी सञ्चालकमध्येका एक हुन्।जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीले पवन पक्राउ परेको पुष्टि गरे। पवनका बुवा बलराम महतो र उनका अर्का छोरा रमणविरूद्ध पनि प्रहरीसँग पक्राउ पुर्जी छ। दुबै जना भने फरार छन्।उनीहरूविरुद्ध गत जेठ ६ गते जिल्ला अदालत...

नारायणी पब्लिकका ४६९ विद्यार्थीले गरे मतदान, छात्र–छात्रा प्रमुख चयन

नारायणी पब्लिकका ४६९ विद्यार्थीले गरे मतदान, छात्र–छात्रा प्रमुख चयन
भरतपुर-  “शिक्षा केवल किताबी ज्ञान होइन, व्यावहारिक जीवनका लागि अभ्यास हो” भन्ने मूल नारालाई आत्मसात् गर्दै नारायणी ई. पब्लिक स्कुल, भरतपुर–११ मा नमूना निर्वाचन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ । विद्यालयले विगत १२ वर्षदेखि निरन्तरता दिँदै आएको यो अभ्यास अन्तर्गत यस वर्ष पनि आज विद्यालय छात्र प्रमुख, छात्रा प्रमुख तथा विभिन्न क्लबका अध्यक्ष र सदन क्याप्टेनको चयन गरियो । विद्यालयका सामाजिक विभाग प्रमुख तथा निर्वाचन समितिका संयोजक बृजलाल चौधरीका अनुसार यो कार्यक्रमले विद...