चितवनको सौराहामा डुङ्गा सफारीका क्रममा भारतीय नागरिकको मृत्यु
चितवन – चितवनको सौराहास्थित रत्ननगर नगरपालिका–७ मा डुङ्गा सफारीका क्रममा एक भारतीय पर्यटकको अचानक मृत्यु भएको छ। निधन हुनेमा भारतको महाराष्ट्र राज्यका ७५ वर्षीय सुदाकर रामदास कुलकढी रहेका छन्।
सुदाकर कुलकढी र उनकी पत्नी सुनन्दा सुदाकर कुलकढी रत्ननगर–७ मा रहेको अर्थ फलाइज होटलमा बास बसेका थिए।आज बिहान करिब ७:०० बजे उनीहरू डुङ्गा सफारीका लागि गएका थिए। सफारीका क्रममा सुदाकर कुलकढीले एक्कासि छाती दुखेको गुनासो गरेका थिए।
स्थिति गम्भीर देखिएपछि उनलाई तत्काल भरतपुरस्थित नयाँ...


