×

चितवन-  भरतपुर महानगरपालिका–२७ सिसौघारीस्थित दिव्यनगरमा घरायसी विवादका कारण एक व्यक्तिले आफ्नै टहरोमा आगो लगाउँदा पूर्णरूपमा नष्ट भएको छ।

शुक्रबार राति करिब ९:२५ बजे राम महतोले श्रीमती इन्द्रमाया सुनारसँगको पारिवारिक विवादपछि रिसको झोकमा आफैं बसोबास गर्दै आएको खरले छाएको टहरोमा आगो लगाएका थिए।

आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिव्यनगरबाट प्रहरी नायब निरीक्षक विनोद अधिकारीको कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो। स्थानीय बासिन्दा र नेपाल प्रहरीको सक्रिय सहयोगमा आगो राति ९:४५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट करिब २०,००० रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आगो लगाउने व्यक्तिको खोजतलास कार्य भइरहेको छ।

तपाईको प्रतिक्रिया