×

खैरहनी – हालैको मौसम परिवर्तनसँगै तापक्रम अत्यधिक बढेको कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्था सिर्जना भएको छ । यहि अवस्थालाई ध्यानमा राख्दै चितवनको खैरहनी नगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई एक दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

नगरपालिकाले जानकारी गराएअनुसार (बुधवार) जेठ २८ गते, एक दिनका लागि विद्यालय बिदा दिइनेछ । भोलिको बिदा विद्यालयले प्रयोग गर्ने शैक्षिक सत्र २०८२ को वर्षे बिदाबाट कट्टा गरिनेछ ।

खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सापकोटाका अनुसार बालबालिकाको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो । मौसमको अवस्था अनुसार आगामी दिनमा थप निर्णय गरिने सम्भावना पनि रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया