
चितवन –चितवनको भरतपुर महानगरपालिका–३ स्थित नारायणी पुलबाट हामफालेकी महिलाको उद्धार गरिएको छ।शुक्रबार साँझ करिब ६:५० बजे पुलबाट हाम फालेकी ती महिला नवलपरासीको बुलिङ्टार गाउँपालिका–१ घर भई हाल गैँडाकोट नगरपालिका–१ नयाँ बजारमा डेरा गरी बस्ने ३८ वर्षीया सुनिता बिर्कट्टा मगर रहेको खुलेको छ।
उनी हाम फालेको केही क्षणमै स्थानीयको सहयोगमा पानी मोटर बोटद्वारा उद्धार गरिएको थियो। घटनाको जानकारी पाएपछि वाग्मती प्रदेश प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षक विध्यान्चल साहको कमाण्डमा खटिएको टोली घटनास्थलमा पुगेर उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पतालमा पठाएको थियो।
उपचारका क्रममा उनकी छोरी समेत अस्पतालमा उपस्थित रहेको र हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ। उनी अहिले सामान्य रूपमा बोल्न सक्ने अवस्थामा पुगेकी छन्।प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।