×

चितवन – आकारुई एजुकेसन कन्सल्टेन्सी प्रा.लि. चितवनको आयोजनामा शुक्रबारदेखि शुरुभएको नकआउट फुटसल प्रतियोगितामा बिश्व प्रकाश मा.वि. प्रथम भएको छ ।

भरतपुर स्थित अर्किड साइन्स कलेजलाई ४- ३ को गोल अन्तरले हराउदै बिश्व प्रकाश मा.वि. ले प्रथम स्थान हासिल गरेको हो ।प्रतियोगिताको बिजेता र उपबिजेता समुहलाई क्रमशस् ४०,०००र- र २०,०००र- नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले बताए ।

आकारुई एजुकेसनका संस्थापक प्रज्वल पौडेलको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको प्रमुख अतिथि इक्यान चितवनका अध्यक्ष दिपक चन्द्र भट्टराई रहेका थिए । प्रतियोगिता चितवनको बाह्रघरेस्थित क्यास्सी स्पोर्ट्स फुटसल परिसरमा सम्पन्न भएको हो ।

प्रतियोगितामा चितवन, नवलपुर र मकवानपुरबाट दुई समूहमा २६ वटा कलेज  बिच प्रतिस्पर्धा भएको थियो ।
समूह ए बाट ओम शान्ति कलेज, अरुणोदय मावि, ग्लोरियस कलेज, मकवानपुर एमसी, स्टेप बाइ स्टेप, सनराइज कलेज, एसओएस कलेज, गैँडाकोट नमुना, सैनिक कलेज, अर्किड कलेज र प्रेसिडेन्सी कलेज प्रतिस्पर्धी थिए ।

समूह बी बाट बालकुमारी कलेज, अरोमा कलेज, अर्बिट कलेज, लिटिल फ्लावर कलेज, श्री सिद्धि विनायक, होलिभिजन कलेज, एपेक्स कलेज, कमलदेवी रामपुर, चितवन बोर्डिङ क्षेत्रपुर, विश्वप्रकाश मावि, अक्सफोर्ड कलेज, प्रभात मावि र गुरुकुल कलेज सहभागी छन् ।दुई दिनसम्म संचालन भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धा बुधबार  साँझ ६ बजे सेमीफाइनल विजेता दुई समूहबिच भएको थियो ।

तपाईको प्रतिक्रिया