×

चितवन सेरोफेरो

काठमाडौंबाट चितवन आउदै गरेको माइक्रो दुर्घटना, १९ जना घाइते

काठमाडौंबाट चितवन आउदै गरेको माइक्रो दुर्घटना, १९ जना घाइते
काठमाडौं । काठमाडौंबाट चितवन आउदै गरेको माइक्रो दुर्घटनामा परेको छ ।बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो ।जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, माइक्रोमा १९ जना सवार थिए । दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि ल्याइएको छ ।घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एसपी बोहराले  जानकारी दिए ।दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

रिसोर्टमा सेकुवा पोल्दापोल्दै आगो लाग्दा पाँचजना घाइते, किर्तिपुर बर्न अस्पताल रिफर

रिसोर्टमा सेकुवा पोल्दापोल्दै आगो लाग्दा पाँचजना घाइते, किर्तिपुर बर्न अस्पताल रिफर
सांकेतिक तस्विर गैँडाकोट- नवलपरासी पूर्वको देवचुली नगरपालिका–१७ पिप्रहरस्थित ‘द सिसोर चितवन टाइगर रिसोर्ट’ मा सेकुवा पोल्ने क्रममा एक्कासी लागेको आगोले पाँचजना घाइते भएका छन्।गएराति करिब ९:१० बजेको समयमा रिसोर्टमा बसेका व्यक्तिहरू सेकुवा पोल्दै गर्दा कोइला उछिट्टिएर आगो सल्किएको थियो। आगलागीले उनीहरूको शरीरको विभिन्न भागमा जलन भएको छ। घाइते सबैलाई सुरुमा देवचुली नगर अस्पतालमा सामान्य उपचार गरिएको थियो। अवस्था गम्भीर हुन सक्ने देखिएपछि उनीहरूलाई चितवन मेडिकल कलेज भरतपुर हुँद...

कृषि यान्त्रीकरणतर्फ खैरहनीको ठोस कदम: चार सहकारीलाई ट्र्याक्टर वितरण

कृषि यान्त्रीकरणतर्फ खैरहनीको ठोस कदम: चार सहकारीलाई ट्र्याक्टर वितरण
चितवन –खैरहनी नगरपालिकाले कृषि यान्त्रीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले चारवटा कृषि सहकारीलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर वितरण गरेको छ।नगरपालिकाको चालु आर्थिक वर्षको "एक वडा, एक कृषि सहकारी" कार्यक्रम अन्तर्गत कृषि सहकारीहरुलाई ट्र्याक्टर, रोटाभेटर र कल्टिभेटर वितरण गरिएको हो। नगर प्रमुख शशीकुमार खनियाँ, उपप्रमुख कविता उप्रेती, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटा, आर्थिक समितिका संयोजक छत्रनाथ सुवेदी, सुशासन समितिका संयोजक कुलप्रसाद भुषाललगायतले सहकारी प्रतिनि...

चितवन कुटपिट काण्ड: एक रातमै दुईजना अस्पताल पुर्‍याइए

चितवन कुटपिट काण्ड: एक रातमै दुईजना अस्पताल पुर्‍याइए
चितवन –चितवन जिल्लामा दुई फरक स्थानमा कुटपिटका घटनाहरू घटेका छन्। मदिरा सेवन र घरेलु विवादका कारण भएका यी घटनामा दुई जना घाइते भएका छन् भने कुटपिटमा संलग्न दुवै आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। राप्ती नगरपालिका–१, घलानचोकमा रहेको खुद्रा पसलमा शुक्रबार साँझ ७ बजेतिर मदिरा सेवन गरेका एकराज तामाङले पसल सञ्चालक ५० वर्षीय भीमबहादुर श्रेष्ठमाथि कुटपिट गरेका छन्। चुरोट नदिएको विषयलाई लिएर गालीगलौजपछि भएको कुटपिटमा श्रेष्ठको नाक र मुखमा सामान्य चोट लागेको छ। उनलाई तत्कालै स्था...

नारायणी पुलबाट हामफालेकी महिला जिवितै उद्धार, अस्पतालमा उपचार हुँदै

नारायणी पुलबाट हामफालेकी महिला जिवितै उद्धार, अस्पतालमा उपचार हुँदै
चितवन –चितवनको भरतपुर महानगरपालिका–३ स्थित नारायणी पुलबाट हामफालेकी महिलाको उद्धार गरिएको छ।शुक्रबार साँझ करिब ६:५० बजे पुलबाट हाम फालेकी ती महिला नवलपरासीको बुलिङ्टार गाउँपालिका–१ घर भई हाल गैँडाकोट नगरपालिका–१ नयाँ बजारमा डेरा गरी बस्ने ३८ वर्षीया सुनिता बिर्कट्टा मगर रहेको खुलेको छ। उनी हाम फालेको केही क्षणमै स्थानीयको सहयोगमा पानी मोटर बोटद्वारा उद्धार गरिएको थियो। घटनाको जानकारी पाएपछि वाग्मती प्रदेश प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षक विध्यान्चल साहको कमाण्डमा ...

यूके पठाइदिन्छु भन्दै ७१ लाख ठगी: ‘बेस्ट ब्रेन’का संचालकसहित पाँच जना पक्राउ

यूके पठाइदिन्छु भन्दै ७१ लाख ठगी: ‘बेस्ट ब्रेन’का संचालकसहित पाँच जना पक्राउ
चितवन–चितवनको बेस्ट ब्रेन एजुकेशन भिजा सर्भिसेसले वैदेशिक रोजगारीमा लैजाने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।बेस्ट ब्रेनका मुख्य संचालक राजेन्द्र सापकोटा, सामाजिक अभियन्ता भन्ने अर्जुन सापकोटा, भरतपुर महानगरपालिका–४ बस्ने ३२ वर्षीया कमला सापकोटा, भरतपुर–४ बस्ने २३ वर्षीय सागर खरेल र काभ्रे पाँचखाल नगरपालिका–८ का ३३ सविन थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । उनका अनुसार पक्राउ पूर्जी जारी भएर फरार भ...

चितवन यातायात कार्यालयमा अख्तियारको छापा- नगदसहित कर्मचारी र बिचौलिया नियन्त्रणमा

चितवन यातायात कार्यालयमा अख्तियारको छापा- नगदसहित कर्मचारी र बिचौलिया नियन्त्रणमा
चितवन–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भरतपुर र महालक्ष्मी ड्राईभिङ सेन्टरमा छापा मारेको छ ।अख्तियारको टोलीले यातायात व्यवस्था कार्यालयका सहायक (पाँचौं) ईन्द्रजित गुरुङको कार्यकक्षबाट एक लाख पचासी हजार रुपैयाँ नगदसहित निज ईन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठक समेतलाई यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनको कार्यालय परिसरबाट नियन्त्रणमा लिईएको अख्तियारको प्रवक्ता राजेन्द्र कुमार पौडेलले  जानकारी दिए । यातायात कार्यालय प्रमुख विष्णु भट्टराई तथा ...

मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द हुने

मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द हुने
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड आजदेखि असार ७ गतेसम्म रातिको समयमा बन्द हुने भएको छ । जेठ ३० गतेदेखि राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन बन्द हुने भएको हो । मलेखु–मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकाले ७ असारसम्म रातिको समयमा सवारीसाधन आंशिक बन्द हुने जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए । डीएसपी हमालका अनुसार निर्माणाधीन ऊक्त...

सुनचाँदीमा करको चट्याङ – गैँडाकोटका व्यवसायी आन्दोलित, पसल ठप्प

सुनचाँदीमा करको चट्याङ – गैँडाकोटका व्यवसायी आन्दोलित, पसल ठप्प
गैँडाकोट- सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत ल्याएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT) को विरोधमा गैँडाकोटका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। गैँडाकोट सुनचाँदी व्यवसायी संघ नवलपुरले आज बिहान पत्रकार सम्मेलन आयोजना गर्दै संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेको छ । संघका अनुसार आज र भोलि (जेठ २९ र ३० गते) गैँडाकोटका सयौं ग्राहकलाई सेवा दिँदै आएका ६० भन्दा बढी सुनचाँदी पसलहरू पूर्णरूपमा बन्द रहनेछन् । पसल बन्दसँगै व्यवसायीहरूको ट...