×

चितवन सेरोफेरो

चितवनको असोका होटलको स्विमिङ पुलमा लड्दा एक व्यक्ति घाइते

चितवनको असोका होटलको स्विमिङ पुलमा लड्दा एक व्यक्ति घाइते
चितवन- चितवनको भरतपुर महानगरपालिका–२९ स्थित असोका होटलको स्विमिङ पुलमा पौडी खेलेपछि बाहिरिने क्रममा चिप्लिएर लडेका एक व्यक्ति घाइते भएका छन्। बिहीबार साँझ करिब ७:३० बजे पौडी खेलेर बाहिरिँदै गरेका भरतपुर–५ का ४० वर्षीय श्याम खरेल सोही स्विमिङ पुलमा चिप्लिएर लड्दा टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। खरेलको टाउकोमा मध्यम किसिमको चोट लागेपछि उनलाई तत्कालै साथीसहित अस्पताल लगिएको हो। घाइते खरेल उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा भर्ना भएका छन् ।

चितवनको सिजी ल्याण्डमार्कमा आर्थिक अनियमितता, लेखा प्रमुखसहित तीनजना समातिए

चितवनको सिजी ल्याण्डमार्कमा आर्थिक अनियमितता, लेखा प्रमुखसहित तीनजना समातिए
चितवन- चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्कका तीन जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मल व्यवस्थापकको जिम्मा पाएका भारतिय नागरिक यान्ड्रु फरनान्डेजसहित तीन जना कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । यस्तै अर्का व्यवस्थापक माधव अधिकारी र लेखा शाखा प्रमुख प्रकाश सुवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई आज  नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मलमा ४५ लाखबढि घोटला गरे...

खैरहनी नगरपालिकाको मोबाइल एप सार्वजनिक, जनसेवामा प्रविधिमैत्री पहल

खैरहनी नगरपालिकाको मोबाइल एप सार्वजनिक, जनसेवामा प्रविधिमैत्री पहल
चितवन- चितवन स्थित खैरहनी नगरपालिकाले एन्ड्रोइड र एप्पल फोनका लागि खैरहनी नगरपालिका नामक मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । नगरपालिकाको कार्यालय खैरहनीमा आयोजित एक विषेश समारोहकाबीच नगरपालिकाका प्रमुख शशी कुमार खनियाले मोवाइल एप्लिकेसनलाई सार्वजनिक गरे । कार्यक्रममा बोल्दै नगर प्रमुख खनियाले मोबाईल एपको प्रयोगले नगरबासीलाई नगरपालिकाको कार्यसम्पादनसँग जोडन थप सहज हुने उल्लेख गरे । एपको प्रयोगबाट नगरपालिका सम्बन्धी गुनासो व्यवस्थापन, सूचना प्रवाह छिटो र प्रभावकारी हुने, पा...

कालिका नगरपालिकाको ९५ करोड बजेट सार्वजनिक, कृषि र स्वास्थ्य प्राथमिकतामा

कालिका नगरपालिकाको ९५ करोड बजेट सार्वजनिक, कृषि र स्वास्थ्य प्राथमिकतामा
चितवन-  चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ९५ करोड ७ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार बसेको सातौं नगरसभामा उपमेयर विमला तामाङले बजेट प्रस्तुत गरेकी हुन्। उपमेयर तामाङका अनुसार नगरपालिकाको अनुमानित आन्तरिक आय ७ करोड रुपैयाँ रहनेछ भने बाँकी रकम संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदानमार्फत जुटाइनेछ।नगरप्रमुख विनोद रेग्मीले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट तयार गरिएको जानकारी दिए। नगरपालिक...

राप्ती नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा वलीको आगमन

राप्ती नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा वलीको आगमन
चितवन– चितवनको राप्ती नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा अमर बहादुर वली आएका छन् ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वलीलाई राप्तीमा पठाएसँगै लामो समयदेखि रिक्त रहेको प्रशासकीय नेतृत्व पद पुनः सक्रिय भएको छ। वलीको आगमनसँगै नगरपालिकाको प्रशासनिक पक्षमा स्थायित्व आउने विश्वास गरिएको छ। नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण विभिन्न नीतिगत र प्रशासनिक काम ठप्पजस्तै भएका थिए। राप्ती नगरपालिकामा स्थायी कर्मचारीले जेठ महिनादेखि, ज्यालादारी कर्मचारील...

राप्तीमा सेवा संकट: ज्यालादारी हटेपछि अस्पताल बन्द, बिरामी अलपत्र

राप्तीमा सेवा संकट: ज्यालादारी हटेपछि अस्पताल बन्द, बिरामी अलपत्र
चितवन । राप्ती नगरपालिकाले ज्यालादारी कर्मचारी हटाएपछि पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द भएको छ । नगरप्रमुख शमशेर लामाले स्रोतको अभावका कारण ७२ जना दैनिक ज्यालादारी कर्मचारी हटाइएसँगै स्वास्थ्यलगायत क्षेत्रमा समस्या उत्पन्न भएको बताए। विकट पहाडी गाउँमा रहेका कान्दा, कालीटार, वाकराङ, अमृतपानी र परेवाकोट स्वास्थ्य केन्द्र बन्द भएका छन् । ती क्षेत्र जिल्लाको पहाडी र सीमान्तकृत चेपाङ समुदायको बाक्लो बसोबास भएका स्थान हुन् । त्यहाँ कार्यरत स्वास्थ्यकर्मी हटेपछि स्वा...

भरतपुरको केही क्षेत्रमा बुधबार दिनभर विद्युत अवरुद्ध हुने

भरतपुरको केही क्षेत्रमा बुधबार दिनभर विद्युत अवरुद्ध हुने
चितवन । नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रले बुधबार भरतपुर महानगरपालिका–१ र २ का केही क्षेत्रमा विद्युत आपूर्ति अनियमित हुने जनाएको छ। नयाँ ट्रान्सफरमर जडान तथा वितरण लाइन सुधारको कार्यका कारण बुधबार  बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म विद्युत अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको हो। विद्युत आपूर्ति अवरुद्ध हुने क्षेत्रहरूमा पोखरा बसपार्क, आपटारी चोक, आदर्श टोल तथा आसपासका क्षेत्रहरू रहेका छन्। निर्धारित समयमा काम सम्पन्न भएमा तोकिएको समयअघि नै लाइन सञ्चा...

विश्व प्रकाश माविको जितसँगै आकारुई नकआउट फुटसल प्रतियोगिता सम्पन्न

विश्व प्रकाश माविको जितसँगै आकारुई नकआउट फुटसल प्रतियोगिता सम्पन्न
चितवन – आकारुई एजुकेसन कन्सल्टेन्सी प्रा.लि. चितवनको आयोजनामा शुक्रबारदेखि शुरुभएको नकआउट फुटसल प्रतियोगितामा बिश्व प्रकाश मा.वि. प्रथम भएको छ । भरतपुर स्थित अर्किड साइन्स कलेजलाई ४- ३ को गोल अन्तरले हराउदै बिश्व प्रकाश मा.वि. ले प्रथम स्थान हासिल गरेको हो ।प्रतियोगिताको बिजेता र उपबिजेता समुहलाई क्रमशस् ४०,०००र- र २०,०००र- नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले बताए । आकारुई एजुकेसनका संस्थापक प्रज्वल पौडेलको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको प्रमुख अत...

एसईई नतिजा असार तेस्रो सातामा सार्वजनिक हुने, मूल्याङ्कन अन्तिम चरणमा

एसईई नतिजा असार तेस्रो सातामा सार्वजनिक हुने, मूल्याङ्कन अन्तिम चरणमा
काठमाडौ - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)  को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ ।नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हो । ‘शिक्षकहरूले २९ दिन आन्दोलन गर्नुभयो । दुई दिन आउजाउमा समय गयो । परीक्षण ढिला सुरु भयो । अब नतिजा तेस्रो साताभन्दा अगाडि सम्भव छैन,’ परीक्षा नियन्त्रक डा. ...