×

चितवन- राप्ती नगरपालिका–४ चौकी डाँडामा घरायशी झगडापछि   ४२ वर्षिया   कुमारी प्रजाको  भिरबाट हाम फाल्दा ज्यान गएको छ भने उनका श्रीमान् ४७ बर्षका लालबहादुर प्रजा गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार, श्रीमती कुमारी प्रजाले श्रीमान् लीलाबहादुरसँग झगडा गरेको क्रममा ‘मर्छु’ भनी भनेपछि दुवैले सँगै खहरे खोलाको भिरबाट हामफालेका थिए। यस घटनामा श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो  भने श्रीमान् लीलाबहादुरको शरीरमा चोटपटक लागेर भरतपुर अस्पतालमा उपचारका लागि भर्ना भएका छन ।

प्रहरीका अनुसार घरायशी झगडा नै यस दुखद घटनाको प्रमुख कारण रहेको र थप अनुसन्धान जारी रहेको छ।

तपाईको प्रतिक्रिया