खैरहनी नगरपालिकाको आर्थिक सर्वेक्षण सार्वजनिक
चितवन ।खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको आर्थिक विवरणको विश्लेषण समावेश गरी आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । आर्थिक सर्वेक्षण भित्र नगरपालिकाको आर्थिक, सामाजिक, र पूर्वाधार विकासको अवस्थालाई चित्रण गरिएको छ। सर्वेक्षणले आर्थिक वर्षभित्र भए गरेका आर्थिक कृयाकलाप, विकास निर्माणमा प्राप्त प्रगति, समस्या र चुनौतीका साथमा आगामी आर्थिक वर्षमा गर्नुपर्ने सुधारका सुझावहरु समेत समेटेको छ ।
तथ्यमा आधारित नीति तर्जुमाको सिद्धान्तलाई आत्मसात गर्न र तथ्यांकद्...


