चितवन- वाल्मिकी शिक्षा सदनले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उल्लेखनीय सफलता हासिल गर्दै भरतपुर क्षेत्रको शैक्षिक स्तरमा आफ्नो उत्कृष्टता पुनः पुष्टि गरेको छ। विद्यालयका अनुसार कुल १८० जना परीक्षार्थीमध्ये ८९ जनाले ३.६ जीपीएभन्दा माथि, ६३ जनाले ३.२ भन्दा माथि र २३ जनाले २.८ जीपीएभन्दा माथिको नतिजा ल्याएका छन्।
विद्यालयका प्राचार्य प्रदीप पौडेलका अनुसार विद्यार्थी निकेश कँडेल ले ४.० जीपीए ल्याउँदै विद्यालयको शिर गर्वले उचो बनाएका छन्। “निकेश यसअघि पनि हरेक आन्तरिक परीक्षा तथा प्रतियोगितामा निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएका थिए,” उनले बताए।
प्राचार्य प्रदीप पौडेल ले विद्यालयको यस उपलब्धिको श्रेय विद्यार्थीहरूको अनुशासन, मेहनत, शिक्षकहरूको लगनशीलता र अभिभावकहरूको अटुट विश्वासलाई दिएका छन्। “यो सफलता सम्पूर्ण वाल्मिकि परिवारका लागि गर्वको विषय हो,” उनले भने। साथै, परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई उनले बधाई ज्ञापन गर्दै भविष्यको लागि शुभकामना समेत व्यक्त गरे।
यसै सन्दर्भमा, विद्यालयले कक्षा ११ मा भर्ना प्रक्रिया सुरु गरेको छ। इच्छुक विद्यार्थीहरूको लागि असार १८ गते, बुधबार प्रवेश परीक्षा आयोजना गरिएको छ।अभिभावक र विद्यार्थीहरूलाई समयमै सम्पर्क गरी भर्ना प्रक्रिया टुंग्याउन विद्यालय प्रशासनले अनुरोध गरेको छ।
वाल्मिकिमा बायोलोजी, कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट समूहमा अध्ययनको व्यवस्था गरिएको छ। नवीनतम शैक्षिक विधि, अनुभवी शिक्षक स्टाफ र समर्पित शैक्षिक वातावरणका कारण वाल्मिकि शिक्षा सदन उत्कृष्ट शिक्षाको भरोसायोग्य केन्द्रका रूपमा स्थापित हुँदै आएको छ।



उज्यालो खबर




