नारायणी पब्लिक स्कुलका दुवै छात्रा अव्वल ! अनुष्का र प्राश्नाले ल्याए ४ जिपिए
भरतपुर – नारायणी इङ्लिस पव्लीक स्कुल भरतपुर–११ ले यस वर्ष पनि एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै लगातार सफलता कायम राखेको छ।स्कुलकी छात्रा अनुष्का नेपाल र प्राश्ना सुवेदीले ४.०० जिपिए (GPA) ल्याएर विद्यालयको गौरव बढाएका छन्। दुवैजना सानैदेखि मेधावी विद्यार्थीका रूपमा चिनिएका थिए।
विद्यालयका प्राचार्य बेदराज न्यौपानेका अनुसार, गत वर्षहरूमा पनि विद्यालयको नतिजा उत्कृष्ट रहँदै आएको थियो। उनका अनुसार, “लगातार तीन वर्षदेखि हामीले एसईई परीक्षामा उल्लेखनीय सफलता हासिल गर्दै ...


