×

चितवन-  जगदम्बा मोटर्सले चितवनको नारायणघाटमा नयाँ ‘TVS Jupiter 110 CC’ स्कुटर सार्वजनिक गरेको छ। यसअघि काठमाडौं, पोखरा र बुटवलमा सफलतापूर्वक अनावरण भइसकेको यस मोडेललाई अब चितवनका ग्राहकहरूमाझ पनि भव्य कार्यक्रममार्फत सार्वजनिक गरिएको हो।

सिजी ल्याण्डमार्कमा आयोजित उद्घाटन कार्यक्रममा जगदम्बा मोटर्सका आधिकारिक डिलर मलाश्री मोटर्स नारायणघाटका प्रबन्ध निर्देशक भीमसेन श्रेष्ठ र  सरोज अर्यालले संयुक्त रूपमा स्कुटरको पर्दा हटाउनुभयो।

कार्यक्रममा २५ भन्दा बढी राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमहरू, १५ भन्दा बढी डिजिटल इन्फ्लुएन्सर, भ्लगर र कन्टेन्ट क्रिएटर, साथै प्रमुख ग्राहकहरूको उपस्थिति थियो। कार्यक्रममै पहिलो पटक स्कुटर खरिद गरेका ग्राहकहरुलाई  स्कुटरको  चावी औपचारिक रुपमा हस्तान्तरण गरियो।

नयाँ TVS Jupiter 110 ले केवल सवारीको साधन होइन, स्टाइल, माइलेज, प्रदर्शन, आराम, सुविधा, सुरक्षा र स्मार्ट प्रविधिको सन्तुलन प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । यो स्कुटर सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका अत्याधुनिक फिचरहरूबाट सुसज्जित छ, जसले यसलाई बजारको प्रतिस्पर्धामा अगाडि ल्याएको छ।

यस स्कुटरमा ३३ लिटर अन्डर-सिट स्टोरेज दिइएको छ, जसमा दुईवटा हेल्मेट सजिलै अटाउन सक्छन्। अगाडिबाट इन्धन हाल्न मिल्ने सुविधाका कारण प्रयोगकर्ताले स्टेसनमा झन्झट बेहोर्नु पर्दैन। साथै, स्कुटरको फुटबोर्ड स्पेस फराकिलो छ जसले दैनिक यात्रालाई अझ सहज बनाउँछ। लामो सिट र Body Balance 2.0 प्रविधिले सवारीमा थप सन्तुलन र आराम प्रदान गर्छ।सवारी सुरक्षालाई विशेष ध्यान दिँदै  स्कुटरमा Ropetral डिस्क ब्रेक जडान गरिएको छ  जसले आकस्मिक ब्रेकिङलाई सुरक्षित बनाउने कम्पनीको दावी छ ।

नयाँ जुपिटर 110 मा TVS SMARTXONNECT™ नामक ब्लुटुथ जडान सुविधा रहेको डिजिटल क्लस्टर समावेश गरिएको छ। यसमार्फत प्रयोगकर्ताले मोबाइलमा आएको फोन कल, एसएमएस, नेभिगेसन निर्देशिका र भ्वाइस असिस्टको सुविधा स्कुटरमै हेर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया