चितवन- चितवनको भरतपुर महानगरपालिका–२९ स्थित असोका होटलको स्विमिङ पुलमा पौडी खेलेपछि बाहिरिने क्रममा चिप्लिएर लडेका एक व्यक्ति घाइते भएका छन्।
बिहीबार साँझ करिब ७:३० बजे पौडी खेलेर बाहिरिँदै गरेका भरतपुर–५ का ४० वर्षीय श्याम खरेल सोही स्विमिङ पुलमा चिप्लिएर लड्दा टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। खरेलको टाउकोमा मध्यम किसिमको चोट लागेपछि उनलाई तत्कालै साथीसहित अस्पताल लगिएको हो। घाइते खरेल उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा भर्ना भएका छन् ।



उज्यालो खबर




