
चितवन । नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रले बुधबार भरतपुर महानगरपालिका–१ र २ का केही क्षेत्रमा विद्युत आपूर्ति अनियमित हुने जनाएको छ। नयाँ ट्रान्सफरमर जडान तथा वितरण लाइन सुधारको कार्यका कारण बुधबार बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म विद्युत अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको हो।
विद्युत आपूर्ति अवरुद्ध हुने क्षेत्रहरूमा पोखरा बसपार्क, आपटारी चोक, आदर्श टोल तथा आसपासका क्षेत्रहरू रहेका छन्। निर्धारित समयमा काम सम्पन्न भएमा तोकिएको समयअघि नै लाइन सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ।
भरतपुर वितरण केन्द्रका अनुसार सो अवधिमा विद्युत आपूर्ति रोकिँदा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक कार्य सम्पन्नका लागि सहयोग र समझदारीको आग्रह गरिएको छ।