×

चितवन सेरोफेरो

चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी

चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी
चितवन । चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा तालाबन्दी गरिएको छ । विवादका बीच वडा नम्बर ३ को कार्यालय फिस्लिङ सारेपछि असन्तुष्ट स्थानीयवासीले आइतबार साँझ गाउँपालिकाको कार्यालयमा ताला लगाएका हन् ।गाउँसभाले समेत टुङ्गो लगाउन नसकेपछि गाउँपालिकाको कार्यालय भएको भवनमा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो । सातौँ गाउँसभामा वडा नम्बर ३ को वडा कार्यालय कहाँ राख्ने भन्ने प्रस्तावमा प्रष्ट बहुमत नपुगेपछि चुम्लिङटार र फिस्लिङ कहाँ राख्ने भनेर टुङ्गो लागेको थिएन । वडा कार्यालय फिस...

चितवनमा थप ३ जना चिकित्सकमा कोरोना पुष्टि

चितवनमा थप ३ जना चिकित्सकमा कोरोना  पुष्टि
चितवन। चितवनमा थप ३ जना चिकित्सकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा तीन जना चिकित्सकमा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । योसंगै चितवनमा कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या ८८ पुगेको छ । आज संक्रमण पुष्टि हुने चिकित्सकको थप विवरण आउन बाँकी छ । पछिल्लो समय बिरामीका उपचारमै खटिएका स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि हुन थालेपछि थप जटिलता आउने संकेत दे...

चितवनका थप ६१ जनामा कोरोना संक्रमण पुष्टि

चितवनका थप ६१ जनामा कोरोना संक्रमण पुष्टि
भरतपुर । चितवनका थप ६१ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । नयाँ मेडिकल कलेजले आज साँझ सार्वजनिक गरेको विवरण अनुसार चितवनका ६१ जनामा कोरोना स‌ंक्रमण देखिएको हो ।भरतपुरका २२ जना , राप्ती ८ मा १ जना, रत्ननगरका ३८ जना छन् । भरतपुर २ मा १ जना, ४ मा १५ जना, ६ मा १ जना, १० मा २ जना, १४ मा १ जना, १९ मा १ जना, २८ मा १ जना छन् । रत्ननगरको ४ मा ३७ जना र १० मा १ जना संक्रमित पहिचान भएका छन् । हेर्नुहोस अस्पतालले दिएको विवरण ,

लियो क्लब अफ भरतपुर युथद्धारा २०० जनालाई भोजन

लियो क्लब अफ भरतपुर युथद्धारा २०० जनालाई भोजन
चितवन । लियो क्लब अफ भरतपुर युथले २०० भन्दा बढि सडक बालबालिका , वेसाहारा र परिवारवाट टाढा भएकाहरुलाई आज खाना खुुवाएको छ । निषेधाज्ञाका कारण खाना खान समस्या परेका २०० जना सडक बालालिका सहित असाहयहरुलाई नारायणी नदि किनारमा आज विहान खाना खुुवाइएको हो । लियो क्लब अफ भरतपुरका अध्यक्ष दिपेश ज्ञवालीले पहिलो चरणको कार्यक्रम अन्र्तगत आज भोजन गराइएको बताउनुुभयो । कोहिपनि ब्यक्ति भोकै बस्न नपरोस, भन्ने उदेश्यले लायन्सक्लव अफ भरतपुर युुथको सहकार्यमा कार्यक्रम गरिएको ज्ञवालीले बताउनुुभयो ...

बागेश्वरीको आइसोलेसन आईतवारदेखि संचालनमा आउने

बागेश्वरीको आइसोलेसन आईतवारदेखि संचालनमा आउने
चितवन । चितवनका कोरोना संक्रमितहरुलाई उपचारका लागि राखिने बागेश्वरी आइसोलेसनको आज नेपाल चिकित्सक संघ चितवनले अनुगमन गरेको छ । भोलिबाट संचालनमा आउने सो योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, बागेश्वरीमा चितवनका कोरोना संक्रमितहरुलाई राखी उपचार गरिने छ । संघले भोलिबाट संचालनमा आउने सो आइसोलेसनको आज अनुगमन गरेको र त्यहा आवश्यक पर्ने प्राविधिक सहयोग संघको तर्फबाट पनि उपलब्ध गराउने नेपाल चिकित्सक संघ चितवनका सह–सचिव वरिष्ठ फिजिसियन डा. महेन्द्र कुमार अग्रहरीले जानकारी ...

चितवनका थप १२ जनामा कोरोना पुष्टि

चितवनका थप १२ जनामा कोरोना  पुष्टि
भरतपुर ।  चितवनका थप १२ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।धुलिखेल कोरोना परीक्षण प्रयोगशालामा गरिएको ३९ वटा नमुना परीक्षणमा १२ जनाको रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालले जनाएको छ । संक्रमण पुष्टि हुनेमा सबै खैरहनी नगरपालिकाका रहेका छन् । जसमध्ये २७ देखि ६५ उमेर समूहका ९ जना पुरुष र २५, ४६ र ४९ वर्षका तीन जना महिला गरि १२ जनामा संक्रमण पुष्टि भएको हो ।भरतपुर प्रयोगशालामा स्वाब थुप्रिएपछि ७५५ वटा नमुना काठमाडौं र धुलिखेल पठाईएको थियो ।

भरतपुरमा कोरोना संक्रमित एक महिलाको मृत्यु

भरतपुरमा कोरोना संक्रमित एक महिलाको मृत्यु
भरतपुर । चितवन मेडिकल कलेजमा उपचारत कोरोना संक्रमित महिलाको आज विहान मृत्यु भएको छ ।कोरोना संक्रमित मकवानपुर निवासी एक महिलाको आज बिहान करिब ८ बजे मृत्यु भएको हो । कलेजका प्रमुख डा हरिशचन्द्र न्यौपानेले मृत्यु भएको पुष्टि गरे । यसअघि पनि हिजो विहान मकवानपुरको हेटौंडा–१९ की ७१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो । हिजो चितवनमा एकैदिन तीन जनाको मृत्यु भएको थियो । जसमध्ये चितवन, मकवानपुर र गोरखाका एक/एक जना हुन् ।

चितवनमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो, कहाँ कति ?

चितवनमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो, कहाँ कति ?
चितवन । चितवनमा कोरोना (कोभिड) १९ का संक्रमितको संख्या पाँच सय बढि पुुगेको छ । आज (शुक्रबार) साँझ सम्म कुल संक्रमितको संख्या ५ सय ९ पुगेको छ । जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा संक्रमित देखिएका छन भने सबैभन्दा कम ईच्छाकामना गाँउपालिकामा देखिएका छन । भरतपुर महानगरपालिकामा ३०५, राप्ती नगरपालिकामा ७५, माडी नगरपालिकामा ५०,रत्ननगरमा नगरपालिकामा ४२ खैरहनी नगरपालिकामा २९, कालिका नगरपालिकामा ५ र इच्छाकामना गाँउपालिकामा ३ जना संक्रमित भएका छन् । चितवनका चार जनाको कोरोना ...

चितवनमा एक हप्ता निषेधाज्ञा थपियो: के के खुल्ने के के बन्द हुने ?

चितवनमा एक हप्ता निषेधाज्ञा थपियो: के के खुल्ने के के बन्द हुने ?
चितवन। चितवनमा जारी निषेधाज्ञा एक हप्ता थप गरिएको छ । वित्तिय संस्था आलोपालो र सरकारी कार्यालय आन्तरीक कामका लागि निश्चित समय मात्र खुल्नेगरी जिल्ला प्रशासन कार्यालय चितवनले एक हप्ताको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । चितवनमा कोरोना संक्रमणको जोखिम अझै बढ्दै गएकाले निषेधाज्ञाको अवधि बढाउनु पर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । भदौ १९ गते राती १२ बजेसम्मका लागि जिल्लामा निषेधज्ञा थप गरिएको प्रजिअ भट्टराईले बताउनुभयो । ...